विश्वमै पदयात्राको लागि ख्याती कमाएको राउण्ड अन्नपूर्ण क्षेत्र नाकाबन्दीको प्रत्यक्ष मारमा परेको छ । ईन्धन अभावमा प्रयाप्त सवारी साधन नचलेको र नेपाल असुरक्षित भएको भन्ने गलत सूचनाका कारण पर्यटक घट्दा अन्नपूर्ण पदयात्रा मार्ग सुनसान बनेको हो ।
कुनै समय पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ठ पदमार्गमा पर्ने यस क्षेत्रमा अहिले पर्यटकको चाप पहिलाको तुलनामा एक तिहाईले कमी आएको स्थानीय व्यवसायीहरु बताउँछन् । बैशाख १२ गतेको विनाशकारी भूकम्प त्यसपछिका परकम्प तथा हालै भारतले गरेको नाकाबन्दीका कारण ईन्धन अभाव आदि कारणले गर्दा यस क्षेत्रमा आउने पर्यटकहरुको संख्यामा एक तिहाईले कमी आएको हो । वर्षा सकिएसँगै यस क्षेत्रमा दैनिक ३ सय देखि ५ सयसम्म पर्यटक आउने गरेकोमा अहिले भने दैनिक मुस्किलले १ सय पुग्ने गरेको स्थानीय होटल व्यवसायी दिलबहादुर गुरुङ्गले बताउनु हुन्छ । एक जना पर्यटकले कम्तिमा ५ दिनदेखि बढिमा १० दिनसम्म यस क्षेत्रमा बिताउने तथा दैनिक ३ सय डलर भन्दा बढि खर्च गर्ने गरेको पर्यटक गाईड भरत अधिकारीले बताउनुहुन्छ । दैनिक ३ सय बढि पर्यटकले ३ सय डलरभन्दा बढि खर्च गर्दा एकै दिनमा एक करोड बढि भित्रिने गरेको अधिकारीको भनाई छ । नाकान्दीका कारण अहिलेको सिजनमा पर्यटक घट्दा देशलाई घाटा पुग्नुका साथै व्यापार व्यावसायमा समेत नकारात्मक असर परेको व्यापारी गुरुङ्गको भनाई छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment