लगातारको बन्द हडताल र अघोषित नाकाबन्दीको फाइदा उठाउँदै बढी मूल्यमा औषधि विक्री गरेको अभियोगमा विराटनगरका एक मेडिकल हलका सञ्चालकलाई पक्राउ गरिएको छ । बजारमा औषधी अभाव भएको मौका छोपी बढी मूल्य असुल गर्ने विराटनगर वडा नं. ११ स्थित आरके चिल्ड्रेन अस्पतालमा रहेको विन्देश्वरी मेडिकल हलका संचालक रामेश्वरप्रसाद मण्डललाई कालोबजारी ऐन अनुसार कारवाही चलाइएको हो । मण्डलले ६ रुपैयामा खरिद गरेको एड्रिनालिन इन्जेक्सन २४ रुपैयामा बेचेको पाइएपछि कालोबजारी ऐन अनुसार कारवाही चलाइएको औषधी व्यवस्था कार्यालय विराटनगरका प्रमुख गणेश तामाङले जानकारी दिनुभयो । औषधी विक्रेताहरुले ६ रुपैया प्रति इन्जेक्शन किनेपनि एड्रिनालिन इन्जेक्शनमा अधिकतम विक्री मुल्य १५ भारतीय रुपैया लेखिएको हुन्छ । त्यसैको आधारमा एड्रिनालिन इन्जेक्सन २४ रुपैयामा विक्री गरिरहेको उजुरी परेपछि मण्डललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment