नाकाबन्दीले मुलुकभर देखिएको ग्याँसको अभावबाट म्याग्दी पनि अछुतो छैन । खाना पकाउने ग्याँसको अभावमा यहाँका स्थानीयहरु जंगलबाट दाउरा खोजेर, होटल धाएर हातमुख जोड्न बाध्य छन् । कतिपयले त चाउचाउ र चिउराको भरमा दिन कटाइरहेका छन् । ग्याँस अभावबाट बजारमा कोठा भाडा लिएर बसिरहेका विद्यार्थी, सुत्केरी र अपाङ्ता भएकाहरु अझ बढी प्रभावित बनेका छन् । यस्तो अवस्थामा उपहारस्वरुप एक सिलिण्डर ग्याँस पाए कस्तो अनुभूति होला त ?
बेनी नगरपालिका–१४ सुर्केमेला घर भई हाल बेनी सामुदायिक उच्च माविमा कक्षा १२ मा अध्ययरत बिश्सु पुन, सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत प्रेम पुन र न्यू वेष्ट प्वाइन्ट आवासयी उच्च माविमा कक्षा ११ की छात्रा विर्शा पुनले उपहारमा ग्याँस सिलिन्डर पाएका छन् । भारतीय नाकाबन्दीले खाना पकाउने ग्याँसको अभाव भएपछि त्यसको विकल्पमा चाउचाउ, दाउराको प्रयोग र कहिलेकाही एकछाक भात खाइरहेको अवस्थामा ग्याँस पाउँदा राहत मिलेको विश्सु पुनले बताए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment