English Edition

आन्दोलन चर्काउने भन्दै मोर्चा झर्यो मधेस, संसद स्थगित

काठमाडाैं-अान्दोलनरत मधेसी मोर्चाले वार्ताको अाैचित्य नभएको भन्दै शीर्ष नेतासहित अान्दोलन चर्काउन मधेस झरेपछि अापूर्ति व्यवस्था र राजनीतिक निकास फेरी ठप्प हुने देखिएको छ। मोर्चा भांडिएपछि व्यवस्थापिका–संसद्को बैठक यही पुस ८ गते  ११ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रमुख दलले मधेसी मोर्चासँग छलफल गर्न र समाधान खोज्न संसद स्थगित गर्ने निर्णय गरेका हुन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेको सभामुखसहित नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र राप्रपा नेपाललगायतका दलका शीर्ष नेता र सचेतकहरूको बैठकले संसद् बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरिएको हो ।

तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा सहभागी राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए ।

बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment