मैड्रिड-स्पेनका प्रधानमन्त्री मारियानो राजोयको चुनाव प्रचारका दौरान एक किशोरले मुखमा मुक्का प्रहार गरेका छन्। यो घटना गैलेसियाको उत्तर-पश्चिममा भएको थियो जहाँ प्रधानमन्त्रीको चश्मा फुटेर चकनाचूर भयो। साथै उनको अनुहारमा मुक्काको राम्रै छाप बस्यो।
सत्तारूढ़ कन्जर्भेटिव पपुलर पार्टीले बताए अनुसार घटना हुँदा ६० वर्षीय प्रधानमन्त्री आइतबार हुने चुनावको अभियानमा पोन्टेवेड्रा शहरमा पैदल जाँदै थिए।
ति किशोर उनको नजिक आए र अचानक अनुहारमा मुक्का हाने र चस्मा नै फुटाए। प्रधानमन्त्रीले यो घटना पछि पनि यात्रा भने जारी राखे। मुक्का हान्ने ति १७ बर्षीय किशोर नाबालिग हुन र उनी हिरासतमा छन्। ती युवा बेरोजगारीका कारण दिक्दार भएर प्रधानमन्त्रीलाइ मुक्का हानेका भन्दै बेरोजगारी अन्त्य गर्न विपक्षीले आवाज उठाएका छन्।
हेर्नुस् यो भिडियो
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment