नेपाल भारतको प्रमुख नाका मध्येको भैरहवाको बेलहिया नाकाबाट हुने आयात निर्यातको अबस्था बारे स्थलगत बुझन भैरहवा आउनु भएका अध्यक्ष मुरारकाले उद्योगी ब्यबसायीमात्र नभई अहिले नाकाको अबस्था समेत दयनीय देखिएको बताउनु भयो । उहाँले सजिलैसंग आयात हुने भन्दै रोजाईमा पर्ने नाकानै ब्यबसायीले परिवर्तन गर्न थालिसकेकोले आयात निर्यात र दुबै तर्फको स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाब पार्ने बताउनु भयो । अहिले देशको अन्य नाकाहरु काकडभिट्टा, बिराटनगर, नेपालगन्ज, धनगढी सहज देखिन्छन् । यँहाबाट इन्धन लगायतका मालबाहक ट्रक,कच्चा सामग्री आईरहेका छन् तर बेलहिया नाका सहज देखिए पनि आयातमा निकै असहजता भएको बताउदै उहाँले यस्ले पछि पनि आयात निर्यातमा ठुलो प्रभाब पार्ने बताउनुभयो । नाकामा कुनै अबरोध नहँुदा पनि आयातमा असहजता देखिनु र दैनिक १ सय भन्दा कम गाडी छोडिदा समस्या बढीरहेकाले नेपाल र भारत दुबै तर्फका सीमावर्ति क्षेत्रका सरोकारवालाहरु प्रशासन,प्रहरी,भन्सार तथा कस्टम एजेन्ट बसेर यो समस्या हल गर्नु पर्ने मुरारकाको भनाई छ । अहिले आयात निकै खर्चिलो बन्दै गैरहेको री रुट गरेर आयात गर्न परिरहेको,तेश्रो मुलुकबाट सिटीडी (कस्टम ट्रान्जिट डिक्लयरेशन)गरेर आएका मालबाहक ट्रक कन्टेनर लामो समय देखि सिमाक्षेत्रमा रोकिदा ब्यबसायीले बिलम्ब शुल्क तिर्नु परेको र ओद्योगिक कच्चा पदार्थ रोकिदा नेपालमा उद्योग बन्द भएको अध्यक्ष मुराररका भनाई थियो । सीमावर्ति भारतीय बजारमा १५ । २० किलोमिटर सम्म मालबाहक साधनहरुको लाईन आफुले प्रत्यक्ष हेरेको र कसैले भारतीय भुमिमै सामान अनलोड गरी रिक्सा ठेलामा महंगो पैसा तिरेर आयात गरेको समेत देख्दा नाकाको अबस्था दयनीय पाएको बताउनुभयो । छिटो भन्दा छिटो समस्या समाधान गर्ने तर्फ सरकार र राजनीतिक दल लाग्नु पर्ने आग्रह थियो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment