संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा जनता सहभागी हुने क्रम घट्दै गएको स्वीकार गर्नुभएको छ । आन्दोलन शिथिल भएको जस्तो देखिएको भएपनि, शिथिल भने नभएको उहाँको जिकिर छ । वीरगन्जमा बुधबार मधेसी पत्रकार समाज पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले अहिले खेतीपातीको सिजन र मौसम प्रतिकुल भएकोले आन्दोलनमा जनसहभागिता कम भएको जिकिर गर्नुभयो । उहाँले मधेस आन्दोलन र नाकाबन्दी वीरगन्जमै केन्द्रित भएको अध्यक्ष ठाकुरको भनाइ छ । उहाँले अरु नाकामा धर्नामा बस्न कठिनाइ भएको र भारतीय सुरक्षाकर्मीले पनि बेला बेलामा लाठी चार्ज गरेर धपाउंने गरेको गुनासो गर्नुभयो । अध्यक्ष ठाकुरले परराष्ट्रमन्त्री कमल थापाले चार बुंदे प्रस्ताव मधेसी मोर्चालाइ बुझाउनुको सट्टा दिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई बुझाएकाले समस्या झन जटिल बनेको बताउनुभयो । मोर्चाका नेताहरुको पछिल्लो दिल्ली भ्रमण फलदायी भएको बताउंदै अध्यक्ष ठाकुरले मधेस आन्दोलनबारे राज्यले भारतमा फैलाएको भ्रम चीर्न भारत भ्रमण सफल भएको जिकिर गर्नुभयो । तीन दल र सरकारले मधेसी मोर्चासंग भएको सहमति विपरित संविधान संशोधन र भूकम्पप्रभावित संरचना पुनर्निर्माण विधेयक संसदमा जबरजस्ती पेश गरेकाले मुलुक अझ जटील अवस्थामा पुगेको उहाँको ठम्याई छ ।
अध्यक्ष ठाकुरले मधेस आन्दोलनका सबै माग प्याकेजमै सम्बोधन नभए सम्म आन्दोलन नरोकिने पनि उहाँले प्रष्ट पार्नुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment