English Edition

आफुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन रहेको एन्फा कार्यवाहक अध्यक्ष श्रेष्ठको भनाई

अखिल नेपाल फुटवल संघ एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आफुलाई राष्ट्रिय खेलकुद परिषद, फिफा, एएफसी र एन्फा कार्यसमितिको समर्थन रहेको बताएका छन । कार्यवाहक अध्यक्ष चुनिएपछि पहिलोपटक एन्फा कार्यसमिति बैठक गराएका श्रेष्ठले नेपाली फुटवल बिकासको लागि असन्तुष्ट पक्षलाई पनि समेटेर अघि बढ्न इच्छुक रहेको बताए । 
कार्यसमिति बैठकमा आफ्नो नेतृत्व अनुमोदन भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै कार्यबाहक अध्यक्ष श्रेष्ठले आफु निक्कै अप्ठेरो समयमा एन्फाको नेतृत्व संहाल्न पुगेको बताए । गत कार्तिक ३० गते फिफाले एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोग प्रमाणित गर्दै १० बर्ष प्रतिबन्ध लगाएपछि बरिष्ठ उपाध्यक्षको हैसियतमा श्रेष्ठ अध्यक्ष बनेका हुन । तर एन्फाकै असन्तुष्ट पूर्व पदाधिकारीहरुको श्रेष्ठ बिधान विपरित अध्यक्ष बनेको आरोप लगाउदै आएका छन् । अप्ठेरोमा परेको नेपाली फुटवललाई सामान्य बनाउदै अगाडि बढाउन आफुले नेतृत्व लिएको कार्यसमितिलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment