English Edition

फिफाको सुधार प्रक्रियाका लागि स्वतन्त्र निकाय बनाउन मुख्य प्रायोजकहरुको माग

अन्तर्राष्ट्रिय फुटबल एशोसिएशन फिफाका पाँच वटा मुख्य प्रायोजकले फिफाको सुधार प्रक्रियाको निरीक्षणका लागि एक स्वतन्त्र निकाय बनाउन माग गरेका छन् । फिफामा अहिले भ्रष्टाचार भएको विषयमा छानबिन भइरहेको छ । 
फिफाका पाँच मुख्य प्रायोजक कोकाकोला, एडिडास, म्याकलोनल्स, भिसा र एनहाइजर बशले फिफाको कार्यकारी समितिलाई पत्र लेखेर सुधार प्रक्रियाको निरीक्षणका लागि स्वतन्त्र निकाय बनाउन माग गरेका हुन् । अमेरिकी अधिकारीले फिफाका १४ जना अधिकारीलाई गएको मेमा भ्रष्टाचार आरोपमा पक्राउ गरेदेखि फिफामा छानबिन भइरहेको छ । यी पाँच प्रायोजक फिफाको आम्दानीका मुख्य स्रोत हुन् । फिफाको सुधार प्रक्रियामा यी सबैको भूमिका महत्वपूर्ण हुने फिफाका प्रवक्ताले बताएका छन् । फिफाले अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनीमाथि ९० दिनको प्रतिबन्ध पनि लगाएको छ । तर दुवै जनाले आफूहरुमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन् ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment