मोरङ जिल्लामा अवस्थित विराटनगर उपमहानगरपालिकालाई आगामी ५ वर्ष भित्र हरित शहर बनाउने योजना अघि बढाइएको छ । यसका लागि ५० हजार विरुवा रोपिने भएको छ । जिल्ला वन कार्यालय मोरङको सहकार्यमा विराटनगरलाई जंगल भित्रको शहर बनाउन विराटनगर उपमहानगरपालिका र जिल्ला वन कार्यालय मोरङबीच करिब २ करोड ५२ लाख रुपैया खर्च गर्ने सहमति भएको छ । सो सहमति अनुसार पहिलो वर्ष ८ हजार विरुवा रोपेर हुर्काउने र यसका लागि छुट्टै कर्मचारीहरु परिचालन गरिनेछ । यसैगरी दोश्रो वर्ष १२ हजार विरुवा रोपिने र त्यसपछिका प्रत्येक वर्ष १०÷१० हजार विरुवा रोपेर हुर्काउने सम्झौता पत्रमा उल्लेख छ । वन तथा भूसंरक्षण सचिव उदयचन्द्र ठाकुरको उपस्थितिमा आयोजित एक कार्यक्रमबीच जिल्ला वन कार्यालय र विराटनगर उपमहानगरपालिका बीच सम्झौता भएको हो । सम्झौता अनुसार सो अभियानका लागि जिल्ला वन कार्यालयले २५ लाख रुपैया र बाँकी रकम विराटनगर उपमहानगरपालिकाले खर्च गर्ने सहमति भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment