English Edition

इटहरीमा भएको इँटा भट्टा दुर्घटनामा प्रशासन र व्यवस्थापन पक्ष प्रमुख जिम्मेवार

प्रशासनको गैर जिम्मवारीपन र व्यवस्थापन पक्षको लापरबाहिका कारण सुनसरीको इटहरीमा रहेको इँटा भट्टाको चिम्नि विस्फोट हुदा ८ जनाले ज्यान गुमाउन बाध्य भए । गत वैशाख १२ गतेको महाभूकम्पले जिर्ण बनेको चिम्नी सामान्य मर्मत गरेर प्राविधिक जाँच नै नगरी भट्टा सञ्चालन गर्दा भएको यो दुर्घटनाले अन्य इँटा भट्टालाई समेत पाठ सिकाएको छ भने प्रशासन समेत झस्किएको छ । उद्योगमा सोमबारदेखि यो सिजनको लागि इँट्टा पोल्ने तयारी हुँदै थियो । भट्टा परिषरमा २ सयको हाराहरीमा मजदुर सगै स्थानीय समेत पुगेका थिए । इँट्टा पोल्नका लागि एक व्यक्ति आगोको पुल्ठो सहित चिम्निभित्र छिरेर फायर गर्नसाथ ठूलो आवाज सहित चिम्नी विस्फोट भएको भट्टामै काम गर्ने बालक मिजनर अलीले जानकारी दिए । चिम्नी विस्फोट हुँदा ८ जनाले ज्यान गुमाइसकेका छन् । प्रशासनले सबैको उद्धार गरिसकेको वताएपनि बालक अलीले भने अझै पनि एक जनालाई भट्टाबाट ननिकालिएको बताइरहेका छन् । 
यो दुर्घटना चिम्नी टालटुल मात्र गरेर सञ्चालन गर्ने उद्योग सञ्चालकहरुको लापरबाहि र प्राविधिक जाँचमा प्रशासनको वेवास्ताले निम्तिएको स्थानियको आरोप छ । इटहरी १५ का सानेकुमार चौधरीले महाभूकम्पले जर्जर बनेको चिम्नी सामान्य टालटुल मात्र गरेको र चिम्नी वरपर भीडभाडकै बीच इँटा पोल्न सुरु गर्दा ठूलो दुर्घटना हुनपुगेको बताउनुभयो । ठूलो दुर्घटनाको सामना गरेका स्थानियले यो घटना प्रतिनिधि घटना मात्र भएको भन्दै यस्ता घटना अन्य इटा उद्योगमा दोहोरिन नदिन तत्काल प्राविधिक जाँच अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रमुख जिल्लाअधिकारी नेतृत्वको टोलीले समेत दुर्घटना भएको न्यू जयनेपाल इटा उद्योगमा स्थलगतअनुगमन गरेको छ । अनुगमन टोलीमै आउनुभएका कोशी अञ्चल इँटा व्यवसायी संघका सचिव निरज खड्काले भूकम्पपछिको जिर्णोद्धारमै समस्या देखिएको र बर्षा र घामले समेत असर परेको चिम्नीलाई राम्रोसँग चेकजाँच नगरी इँटा पोल्ने काम गर्दा पड्किएर दुर्घटना भएको बताउनुभएको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment