संयुक्त राष्ट्रसंघले नेपाल भारत सीमानाका जारी अवरोध कायमै नेपालमा गम्भीर मावनीय संकट आउन सक्ने आफ्नो भनाईलाई पुनः दोहो¥याएको छ । नाकाको अवरोध र नाकावन्दीका कारण नेपालमा आधार खाद्य पदार्थको अभाव भएको र अभावसंगै भएको मूल्य वृद्धि नरोकिए गम्भीर मानवीय संकट आउने चेतावनी राष्ट्रसंघको छ ।
राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लु.एफ.पीले विज्ञप्ती जारी गर्दै व्यापारमा अवरोध कायमै रहे र खाद्यान्नको मूल्य वृद्धि भइरहे नेपालमा उत्पन्न हुन सक्ने गम्भीर मानवीय संकट रोक्न जटिल हुने बताएको हो । डब्लुएफपीका एसिया तथा प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक डेभिड काट्रुडले खाद्यान्नको भाउ आफ्नो काबुभन्दा बाहिर आकासिएसँगै मानिसहरुले आफ्ना परिवार पाल्नका लागि पनि संघर्ष गर्नु परिरहेको जनाएका छन् । भूकम्प लगत्तै आएको यो संकटले नेपालमा कुपोषण बढाउन सक्नेतर्फ उनले ध्यानाकर्षण गराएका छन् । भारतबाट हुने आयातमा अत्यधिक भर परेको नेपालका लागि भारतीय सिमानामा भएको अवरोधले चामल, तेल, दाल, चिनी तथा नुन जस्ता अत्यावश्यक सामानको भाउ ३० प्रतिशत भन्दा बढिले आकासिएको र भाउ अझै बढ्नसक्ने विश्व खाद्य कार्यक्रमले बताएको छ । डब्लुएफपीले दैनिक गुजारा गर्नका लागि समेत संघर्ष गर्नुपर्ने नेपाली जनतालाई राजनीतिक संकटको भारी नबोकाउन र सिमानाबाट खाद्यान्नको स्वतन्त्र प्रवाहलाई नरोक्न पनि सबै पक्षसँग आग्रह गरेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment