मधेश आन्दोलन टुंग्याउने नाममा झापा, सुनसरी र मोरङ्गलाई ं. प्रदेश नंः १ बाट अलग्याए त्यसको कडा प्रतिवाद गर्ने लिम्बुवान नेताहरुले चेतावनी दिएका छन् । संविधानले आफुहरुलाई उपेक्षित गरेपनि आफुहरु देश टुक्रयाउने पक्षमा भने कदापि नजाने प्रतिबद्धता पनि उनीहरुले व्यक्त गरेका छन् । संघीय लिम्बुवान पार्टीले धरानमा शुक्रबार गरेको पत्रकारसंगको भेटघाट कार्यक्रममा पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमले १ नं. प्रदेशलाई टुक्र्याउने षड्यन्त्र भइरहेको बताउदै त्यस्तो गतिविधिको विरुद्धमा लिम्बुवान कडा प्रतिवादमा उत्रने चेतावनी दिनुभयो । एउटाको पहिचानको स्थापित गर्दा अर्काको पहिचान सिध्याउन नहुने भन्दै उहाँले मधेसीको माग सम्वोधन गर्दा सुनसरी मोरङ भापालाई नटुक्राउन सरकारलाई आग्रह गर्नु भयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment