English Edition

परिवर्तनको महसुस हुने गरी मधेस समस्याको समाधान गर

सत्ता गठबन्धनको प्रमुख घटक एकीकृत नेपका माओवादीले सरकार सञ्चालनका सन्दर्भमा आलोचनात्मक समीक्षा सुरु गरेको छ । एकीकृत माओवादीको स्थायी समितिले ओली सरकारले अपेक्षाकृत काम गर्न नसकेको निष्कर्षपनि निकालेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा वसेको स्थायी समितिको बैठकमा बोल्ने अधिकांस नेताहरुले सरकारको कामकारबाहीमा असन्तुष्टि ब्यक्त गरेका थिए । सरकार गठन भएको लामो समय वितिसक्दापनि जनतालाई राहत मिल्ने कुनै काम यस सरकारबाट नदेखिएकोमा नेताहरुको असन्तुष्टि थियो । त्यस्तै बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेताका परिवारका सदस्यलाई भूकम्प पीडितको नाममा चीन भ्रमणमा पठाएको विषयमा पनि आलोचना भएको थियो । बैठकमा सरकारले केही कामहरु गरेपनि सन्तुष्ट हुने अवस्था नभएको भन्दै आलोचनात्मक समिक्षा भएको नेता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment