English Edition

संविधान कार्यान्वयनमा अझै ढिलाइ भए राजतिक दुर्घट्ना हुनसक्ने सभामुखको चेतावनी

सभामुख ओनसरी घर्ती मगरले संविधान तत्काल कार्यान्वयन गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । तत्काल संविधान कार्यन्वयन गरेर अघि नबढे त्यसपछिको राजनीतिक परिदृश्य अपेक्षा गरेभन्दा फरक आउन सक्ने सभामुख घर्तीमगरले चेतावनी दिनुभएको छ ।संसद्् सेवा दिवसको अवसरमा व्यवस्थापिका–संसद्् सचिवालयले सोमबार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर छलफल गरी वर्तमान संकटको निकास निकाल्न राजनीतिक दललाई आह्वान गर्नुभएको छ । सरकारभित्र र बाहिर रहेका राजनीतिक दलको समझदारीपूर्ण प्रयासले नै अहिलेको जटिल अवस्थाको अन्त्य सम्भव रहेको उहाँले बताउनुभयो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले संविधानवाद र शक्ति सन्तुलन सिद्धान्तमा बनेको संविधानलाई कसैलाई मन परेको वा नपरेको विषयसँग जोडेर खोट लगाउनुको कुनै अर्थ नरहने बताउनुभयो । व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एकात्मकस्वरुपको राज्य व्यवस्थाबाट संघीय व्यवस्थामा प्रवेश गरेको भन्दै बिद्यामान गतिरोध अत्य संगै नया संरचनामा प्रबेश गर्ने बताउनुभयो । सचिवालयका सचिव मुकुन्द शर्मा र संसद् सेवा दिवस मूल समारोह समितिका संयोजक सोमबहादुर थापा, कर्मचारी युनियनका अध्यक्ष नेत्र भट्टराईले संसद् सेवालाई नमुना र विशिष्ट तुल्याउन सामूहिक भावनाले अघि बढ्न जरुरी रहेको बताउनुभयो ।पहिले निजामती सेवाको अंगका रुपमा रहेकामा २०५८ साल मङ्सिर २८ गते बेग्लै संसद् सेवा रहने घोषणा भएपछि हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइदै आएको छ । नीति र विधि निर्माणको मुख्य थलोका रुपमा रहेको संसद् सेवामा हाल ३३४ जनाको दरबन्दी रहेको छ । आफ्नो भवन नरहेका कारण सञ्चालन खर्च बढेपनि दक्षता बढाउन नसकिएको स्वीकार्दै संसद् सचिवालउले संसद् भवन बनाउने बारेमा सोच्न र त्यसको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेको थियो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment