English Edition

आफ्नो सुन्दरताप्रति आफै लज्जाबोध गर्न बाध्य रारा

प्रकृतिका अनुपम उपहारको रुपमा के छैन यो मुलुकसंग , सबैथोक छ र भए जति पनि सबै स्वर्गसरी छ । दुरदराजका मानिसहरुको मन लोभ्याउने मनमोहन दृश्यहरु यही धर्तीमा छ । तर भएर पनि केही नभए जस्तो अवस्थामा उभिन पुगेका मुलुकका धेरै प्राकृतिक उपहारहरु आफ्नो सौन्दर्यप्रति आफै लज्जाबोध गर्न बाध्य छ । यस्तै अवस्था छ , मुगुको मनमोहक रारा तालको पनि । राराको रौनक र रोमाञ्चक दृश्य हेर्न देश विदेशका हजारौ प्रकृतिप्रेमीहरु मुगु टेक्दै आएका छन् । राराको सौन्दर्यमा लुटपुटिन पल्केकाहरु बारम्बार त्यहाँ पुग्छन र पुग्न नसकेकाहरु पनि पुग्न पाऊँ भने कामना गर्छन । तर त्यहाँ पुग्ने पर्यटकहरुले भने विभिन्न खालको सास्ती खेप्दै आउनु परेको छ । पछिल्लो समयमा पर्यटकको चहलपहल बढेपछि यतिबेला सीमित अवास सुविधा र पूर्वाधार अभावमा त्यँहा पुग्ने थप समस्या झेल्नुपरको छ । तीन दशक लामो निर्माण अवधि पछि गत साउन ४ गते कालपत्रे भई रारा विमानस्थल नियमित संचालन भएपछि र २०६९ सालमा सदरमुकाम गमगढी राष्ट्रिय सडक संजालमा जोडिएसंगै रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या हवात्तै बढेपनि पर्यटकहरुलाई आवास लगायतका पुर्वाधार रारामा उपलब्ध नहँुदा भने रारा बसाई कष्टकर हुने गरेको छ । जस्ले त्यहाँको मिठासमा तीतोपना भर्दै आएको छ । तर रारा पुगेका साहित्यकार युवराज नयाँघरे रारालाई चुम्न पाउँदा खुशीको सिमा नै नरहेको बताए । रारातालमा पुग्ने उच्च पदस्थ राजनीतिज्ञ तथा सरकारी कर्मचारीहरुमा रारामा पुग्ने वित्तिकै यसको विकास र स्थानीय जनताका बारे ठुला ठुला आश्वाशन दिएर फर्कने गरे पनि यो क्षेत्रको सर्वोपरि विकास हुन सकेको छैन । राज्यले रारालाई धार्मिक,खेल र प्राकृतिक पर्यटनको रुपमा विकास गरी सोही अनुसारका पुर्वाधारको विकास गर्न एक ठोस गुरु योजना बनाएर कार्य थालनी गर्ने हो भने रारामा आन्तरिक तथा बाह्य पर्यटकको ओईरो लाग्ने सम्भावना आफुले देखेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लेखा अधिकृत रामनाथ ज्ञवाली बताउछन् ।कर्णाली विकास आयोगका पुर्व सदस्य दीपक बहादुर बुढाले देशमा प्राकृतिक सम्पदाको विकासमा राज्य तथा स्थानीय जनता लाग्ने हो भने देशको विकासमा टेवा पुग्ने बताए ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment