English Edition

व्यवस्थापिका संसदमा देखिएको अवरोध चाँडै अन्त्य हुने सभामुख ओन्सरी घर्तीको विश्वास

सभामुख ओनसरी घर्ती मगरले व्यवस्थापिका संसदमा देखिएको अवरोधको अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंगको छलफल सकरात्मक भएकोले संसद सुचारु हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउँनुभयो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण संसद बैठक केही समयदेखि अवरुद्ध हुँदै आएको छ । जसको कारण महत्वपूर्ण विधेयकहरु संसदमा पेश हुन नसकेको भन्दै विभिन्न पक्षवाट चर्को आलोचना समेत हुन थालेको छ । पछिल्लो पटक कांग्रेसले संविधान संसोधन विधेयक तत्काल पेश गर्नुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको छ । यसैबीच सभामुख घर्तीमगरले दलहरुसंगको छलफल सकरात्मक भएको्ले चाँडै संसद अवरोध हट्नेमा आफू आशावादी रहेको वताउँनुभएको छ । भूकम्प पछिको पुनर्निर्माणकोलागि पुनर्निर्माण विधेयक संसदमा पेश गर्न मोर्चा सकरात्मक भएपनि संविधान संसोधन विधेयक पनि संगै पेश गर्नुपर्ने कांग्रेसको अडानका कारण संसद अवरुद्ध गर्दै आएको छ । 
भूकम्प पश्चातको पुनर्निर्माणमा दलहरु गम्भीर नभएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment