English Edition

फेरी हिंसात्मक बन्यो अान्दोलन,एकको मृत्यु

काठमाडाैं डेस्क-वार्ता छाडेर अान्दोलनमा होमिएको मोर्चा र सुरक्षाकर्मीबीच शनिबार र अाइतबार दिनभर विरगञ्ज र रौतहटमा झडप हुँदा स्थिति तनावग्रस्त बन्यो । राैतहट सदरमुकाम गौरमा अाइतबार भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । लगतै स्थानीय प्रशासनले गाैरमा कर्फ्यू आदेश जारी गरेको छ ।

शनिबार दिउँसोदेखि नै तनावग्रस्त रहेको गैरमा आइतबार बिहानैदेखि झडप भएको थियो ।
बीपी चोकमा भएको झडपका प्रहरीले गोली चलाएको थियो । गोली लागेर तेजापाकड-१ का १७ वर्षका शेख तवरेजको मृत्यु भएको छ । गोली लागेर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको दाहिने कोखामा गोली लागेको थियो ।

एकजानाको ज्यानै गएपछि अान्दोलनकारी झनै उग्र बने । स्थिति साम्य पार्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment