English Edition

मानव अधिकार दिवस

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै संगठित संस्थाले आफ्नो निजी स्वार्थका लागि वलजप्mती मानव अधिकार हनन् गरेको प्रति मानव अधिकार आयोगको ध्यान जानुपर्ने वताउनुभएको छ । उहाँले प्रहरीले जागिर खाएकै भरमा ज्यान गुमाउन पर्ने के यो मानव अधिकारको उलंघन होइन भन्दै आक्रोश मिश्रित प्रश्न समेत गर्नुभयो । ६७ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको परिसर पुल्चोकमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले संधै मानव अधिकारको उल्लंघन हुन नदिने र मानवअधिकार प्रति प्रतिवद्ध भएको प्रष्ट पार्नुभयो । मानव अधिकार जस्तो निकायलाई अनुगमनमा जानै नदिई लखेटिनुले कस्ले मानव अधिकारको उल्लंघन गरेको छ आफै पुष्टि भएको उहाँको कथन थियो । 
कार्यक्रमलाई संम्वोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधान घोषणा पश्चात नेपाल भारत सीमामा देखिएको अवरोधका कारण देशमा उत्पन्न मानवीय संङकटले परिस्थिती प्रतिकुल वन्दै गइरहेको बताउनु भयो । उहाँले यस्तो प्रतिकुल परिस्थितिलाई सहज वनाउन सरकार र सवै राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment