English Edition

प्रहरी एक दशक यताकै न्यून अपराध वृद्धिदर कायम राख्न सफल

यो वर्ष नेपाल प्रहरीले एक दशक यताकै न्युन अपराध बृद्धिदर कायम राख्न सफल भएको छ । यसै क्रममा महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जनतामा प्रहरीले चाहे जे पनि पत्ता लगाउन सक्छ भन्ने विश्वास पलाएको जिकिर गर्नुभयो । २४ प्रतिशतसम्मले बृद्धि भएको अपराधलाई एकै वर्षमा नियन्त्रण गरि २ दशमलव ५६ मा सीमित राख्न प्रहरी सफल भएको छ । वर्ष चर्चित हत्याकाण्डहरु रानिबारी, न्यायाधीश रणबहादुर बम, बडिखेल लगायतका रहस्यमय मानिएका घटनाको समेत सफल अनुसन्धान भएको छ । महानिरीक्षक अर्यालले जनतामा प्रहरीले चाहे जे पनि पत्ता लगाउन सक्छ भन्ने विश्वास पलाएको जिकिर गर्नुभयो । तर, जनताले चाहेजस्तो जस्तो सुकै घटनाको अनुसन्धान गर्न सक्ने क्षमता प्रहरीमा अझै नभएको भने स्वीकार गर्नुभयो । हाइटेकको प्रयोग गरी हुने अपराध र हाइटेक प्रयोग गरि पत्ता लगाउनु पर्ने अपराधमा प्रहरी पछाडि नै रहेको महानिरीक्षक अर्यालको भनाई छ । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment