English Edition

सन्नी लिओन नेपालमा

बलिउड अभिनेत्री सन्नी लिओन नेपाल आएकी छन्। भारतीय मूलकी क्यानेडियन पोर्नस्टार सन्नी आइतबार काठमाडौं आइपुगेकी हुन्।

     उनी मुम्बईबाट जेट एयरवेजको ९ डब्लू २२६ नम्बरको विमानबाट अपराह्न १ बजेर ९ मिनेट जाँदा पति डेनियल वेबरसँगै काठमाडौं ओर्लेकी हुन्। काठमाडौंमा ओर्लिए पछि उनले विमानस्थलको कमर्सियल इम्पोर्टेन्ट पर्सन (सीआईपी) कक्षमा केही व्यक्तिहरूसँग फोटो खिचाएकी थिइन्। उनी राजधानीको सोल्टी होटेलमा बसेको बताइएको छ।

सन्नी र उनका पति डानियल वेबरले आइतबार बिहान नेपाल आउँदै गरेको ट्विट गरेका थिए। सन्नीले ट्विट गरेकी छन्, 'मर्निङ एभ्रिवन !! ह्याप्पी सन्डे ! अफ टु नेपाल टुडे ! लुकिङ फरवार्ड टु अ लिटिल बिट अफ वर्क एन्ड देन लिटिल बिट अफ रिल्याक्सेसन्।' उनीहरूले ट्विट गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको चर्चा चुलिएको थियो।

सन्नीलाई लिन गोल्छा अर्गनाइजेसनका निर्देशक हेमन्त गोल्छा विमानस्थलको सीआईपी कक्ष पुगेका थिए तर सन्नीको भ्रमण कार्यक्रमबारे आफूलाई केही थाहा नभएको उनले बताए। 'भारतमा रहेका मेरा साथीहरूको आग्रहमा उहाँलाई रिसिभ गर्न गएको हुँ, थप कुरा मलाई थाहा छैन', उनले भने।

उनी अभिनीत बलिउड चलचित्र 'रागिनी एमएमएस टु' अहिले नेपालमा पनि प्रदर्शन भइरहेको छ। सन्नीले चलचित्र वितरक कम्पनी दर्शना आर्टस्का प्रमुख कार्यकारी अधिकृत सुरेशदर्पण पोखरेलले सन्नीसँग पत्रकारहरूको भेट गराउन प्रयास भइरहेको बताए। 'चलचित्र निर्माण कम्पनी बालाजी फिल्मस्सँग कुरा गरेर पब्लिसिटीको लागि सन्नीको पत्रकार भेटघाट गराउने प्रयास भइरहेको छ', उनले भने।

टेलिभिजन रियालिटी शो बिग बोसको 'बिग बोस' मा पोर्न स्टारको हैसियतमा प्रवेश पाएकी सन्नीले त्यसयता बलिउडमै व्यस्त छिन्। उनले जिस्म २, सुटआउट एट वाडला चलचित्रमा अभिनय गरेकी छन्।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment