काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बालुवाटार स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो। सर्वोच्च अदालतले पुरानो भ्रस्ट्रचार मुद्दामा तत्काल पक्राउ नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश खारेज गरेको केही समय पछि नै पाण्डेलाई पक्राउ गरिएको हो।
उनलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा राखिएको छ। आज राति भएकोले भोलि कार्यालय खुलेपछि अदालतमा बुझाइने ब्युरोका प्रमुख डिआइजी हेमन्त मल्लले बताए। 'बालुवाटार स्थित पाण्डेको निवास पुगेर ब्युरोको टोलीले उहाँलाई हामीसँग जाउ भन्यो', ब्युरो प्रमुख डिआइजी मल्लले भने, 'उहाँले सहयोगै गर्नुभयो।' ब्युरोले अदालतबाट कैद जरिवाना सजाय सुनाइएका र फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी सर्वोच्च अदालतको फैसला कार्यान्वयन महानिर्देशनालयलाई बुझाउँदै आएको छ।
'पक्राउ परेका पाण्डेलाई आज प्रहरीको जिम्मामा छोडिएको छ', फैसला कार्यान्वयन महानिर्देशनालयका प्रमुख महेन्द्रनाथ उपाध्यायले नागरिकन्युजसँग भने, 'बुधबार नियमपूर्वक पाण्डेको मुद्दा रहेको जिल्ला अदालत पेश गरिनेछ।'
अध्यक्ष पाण्डे सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रस्ट्रचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा पाण्डेलाई अदालतले दोषी ठहर गरेको थियो। तत्कालीन राजाले हुकुम प्रमाङ्गीमार्फत् उनको मुद्दामा सफाइ दिएको भनेर उनले दाबी गर्दै आएका थिए। तर सो विषय जिल्ला अदालतको तामेली शाखामा दर्ता नभएको भन्दै तत्काल पक्राउ किन नगर्ने भनी जिल्लाले पाण्डेलाई पत्र लेखेको थियो।
सो पत्र रोक्न माग गर्दै पाण्डे सर्वोच्च पुगेका थिए। सर्वोच्चले पहिलो सुनुवाइ गर्दै गत कात्तिक २३ गते तत्काल उक्त् पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर दुवै पक्षको छलफल सुनिसकेपछि न्यायाधीशहरु कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको इजालसले मंगलबार अन्तरिम आदेश खारेज हुने आदेश गरेको हो।
प्रहरीले पक्राउ गरेसँगै महासंघमा पाण्डेको पद धरापमा परेको छ।

_20110413083908.jpg)
0 comments :
Post a Comment