नेपाली तारा ३ मा अन्तिम तीन जना प्रतिश्पर्धी छानिएका छन्। भदौ १७ देखि धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा, भत्तपुर हुँदै राजधानी काठमाडौँसम्म विभिन्न चरणमा गरी अन्तिम तीन जना प्रतिश्पर्धी छानिएका हुन्।
हजारौँ सांगीतिक प्रतिस्पर्धिहरुको भीडलाई पार गर्दै कोका–कोला नेपाली तारा ३ ले अब आफ्नो उत्कृष्ट तीन प्रतियोगीहरु सुरेस लामा, प्रताप लामा र देबेस राई छानिएका छन्।
नेपाली तारा ३ को अन्तिम प्रदर्शन फागुन २२ गते भद्रकाली, काठमाडौँ स्थित आर्मी अफिसर्स क्लबमा हुँदैछ। उत्कृष्ट तीन प्रतियोगीहरुले आफनो अन्तिम स्टुडियो प्रदर्शन दिइसकेका छन् र निर्णायकहरुले उनीहरुलाई अङ्क पनि दिएका छन् (जुन अहिलेसम्म खुलासा गरिएको छैन)। अब सोहि अङ्कमा दर्शकहरुको भोट पनि जोडिने छ। भोटिङ लाइन २२ फाल्गुन, २०७१ को बिहान १० बजेसम्म खोलिने छ। त्यसै दिनमा उत्कृष्ट तीन प्रतियोगीहरुले दर्शकहरुका लागि पनि गाउने छन्।
तीनैजना उत्कृष्ट प्रतियोगीहरु आ–आफ्नै गायन क्षेत्रमा पोख्त छन् र सबैको आफ्नै गाउने स्टाइल छ। सुरेस लामा चितवनको एउटा सानो गाउँबाट गायक बन्ने धकेको बोकेर आएका छन्। उनले “गल्ती हजार हुन्छन्” गीतबाट आफूलाई निर्णायक मण्डल सामू आफ्नो छाप छोडेका थिए।
उनी चितवन आइडलको पनि रनर अप भइसकेका छन्। यस्तै, अर्का प्रतिस्पर्धि मोरङ्गका प्रताप लामा रहेका छन् जसले आफूलाई प्रतियोगीताको स्टाइलिस ब्यक्तिका रुपमा प्रस्तुत गरेका छन्। नेपाली ताराको दोस्रो सिजनका रनर अप सूर्य किरण लामाका भाइ प्रताप रेष्टुरेण्टहरुमा गाउँछन्।
यस्तै इटहरीका देबेस राई पप गीतहरु गाउन बढी रुचाउँछन्, तर प्रतियोगीतामा विभिन्न क्षेत्रको गीतहरु गाउँदै उनले आफूलाई भर्साटाइल गायकका रुपमा चिनाएका छन्। उत्कृष्ट गायनका साथै उनी म्युजिक कम्पोज तथा एरेन् ज गर्न पनि उत्तिकै प्रतिभाशाली छन्।
प्रतियोगिताको विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन्। यसका साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्टको पनि मौका पाउनेछन्। कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्टे्रलिया टि्रपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन टि्रपमा जाने अवसर पाउनेछन्। अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।
प्रतियोगीताको अन्तिम चरण हेर्न चाहने दर्शकहरुले भैँसेपाटी स्थित सटुडियो ४ तथा कालिकास्थान स्थित प्रिज्मा एडभर्टाइजिङ्गबाट टिकट खरिद गर्न सक्नेछन्।
Source : setopati
0 comments :
Post a Comment