English Edition

मिस लिम्बूको पूर्व अडिसन सकियो


बराह ज्वेलरी मिस लिम्बू तेस्रो संस्करणको पूर्वाञ्चल अडिसन धरानमा सकिएको छ । अडिसनमा झापा, मोरङ, सुनसरी, धनकुटाका गरी १० युवति छनौट भएका छन् । 
अडिसनमा छनौट भएका युवतिहरुलाई काठमाडौंमा एकमहिने प्रशिक्षणमा राखिने आयोजकले जनाएको छ । जहाँ लिम्बू संस्कृति, पहिरन, परम्परा, भेषभूषालगायतका बारेमा जानकारी दिइने छ । अडिसनमा सहभागीहरुलाई लिम्बू जातिगत प्रश्नहरु राखिएको थियो ।
जस्मा गीतकार मिना सिङ्गक, बराह ज्वेलरीका कुमार कालिकोटे, व्युटिसियन भारती सुब्बा, मुन्धुम विद् भरत सुब्बा, चलचित्रकर्मी प्रेम सुब्बा, निर्माता भिष्मा चेम्जोङ, आयोजकका तर्फबाट विश्व सामेखाम लिम्ब्र, मोडल रेखा फागो र ताजेङ लिम्बू निर्णायकमा थिए । 
उनीहरुले लिम्बूसम्बन्धी प्रश्नहरु राखेका थिए । छनौट मध्ये नम्बरका आधारमा स्मेना  लिम्बू उत्कृष्ट भइन् भने दोस्रो सुजु सेरङ चोङबाङ र तेस्रो मनिता साम्बा भइन् । अडिसनमा कल्पना इस्बो, इसिका लिम्बू, लक्ष्मी इस्बो, अनिषा बोखिम, आङसाङ इस्बो, मनिता साम्बा, सुजु सेरेङ चोङबाङ, स्मेना आवजुङ लिम्बू, अञ्जना इवा लिम्बू सहभागी थिए ।
चैत्रको तेस्रो साता काठमाडौंमा ग्राण्ड फिनाले हुने आयोजक याक्थु युथ एसोसिएसनले जनाएको छ । काठमाडौंको अडिसन फागुन २२ मा हुने भएको युथ एसोसिएसनका अध्यक्ष विश्व सामेखाम लिम्बूले बताएका छन् । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment