वाका, फागुन १९ (एजेन्सी) – वेस्ट इन्डिजविरुद्धको खेलको तयारी गरिरहेको भारतका स्टार ब्याटस्म्यान तथा उपकप्तान विराट कोहलीले एक पत्रकारलाई अपशब्द बोल्दै गाली गरेका छन् ।
जब कोहलीको रिस शान्त भयो, तब उनले ती पत्रकारले उनी र अनुष्काको सम्बन्धको बारेमा लेखेको बताएका थिए । यद्यपि, ती पत्रकार भने अर्कै थिए ।
आफूले गलत पत्रकारलाई रिस पोखेको थाहापाएर कोहलीले ती पत्रकारसँग माफी मागेका थिए ।
टिमका डाइरेक्टर रवि शास्त्रीले कोहलीलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न सल्लाह दिएका छन् । भारतको भविष्यको कप्तानले सार्वजनिक स्थानमा यस्तो व्यवहार गर्न नहुने सल्लाह शास्त्रीले दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
0 comments :
Post a Comment