English Edition

नेपाल – भारत फुटवल म्याचमा हरिवंश मदनकृष्णको धुवाँ

Haribansha Madankrishna
रंगशालामा फुटबल हेर्दै हरिवंश र मदनकृष्णले धुवाँ सिरियलको सुटिङ समेत गर्न भ्याए। सेतो कमिज लगाएका हरिवंश रातो माकल टोपी, चश्मा, र जुँगे स्वरुपमा थिए। उनलाई दर्शकहरुले ‘ए हरिबहादुर भन्दै चिच्याएर बोलाए।’ हरिवंशले मुस्कुराउँदै फर्किएर जवाफ दिए – ‘हजुर’ । फुटबल हेर्न गएका दर्शकहरु हरिवंशको जवाफले रमाए।
मदनकृष्ण श्रेष्ठ भने कालो टोपी र सेतै कमिजमा थिए। दुवैजनाले ‘नेपालका खलासी’ भनेर अक्षर लेखिएको कमिज लगाएका थिए। मदनकृष्णको कमिजमा ‘धुवाँ भगाउँ संसार जोगाउँ’ लेखिएको थियो। हरिवशंको कमिजमा भने ‘ए दाई तपाईँको ध्यान कता? धुवाँले पृथ्वी बिग्रिसक्यो नि यता?’ लेखिएको थियो।
शब्द तथा तस्विर: पहिलो पोस्ट डट कम
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment