English Edition

चुनावी गणतीय खेल संग डर लाग्दैन : एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी :संचारकर्मी रमा सिंह

rama 4
फागुन १ ,डिसी
संचार क्षेत्रमा झन्डै ३ दशक लामो समय व्यतित गरि सक्नु भएकी टेलिभिजन कै ईतिहासमा पहिलो समाचार बाचक बन्ने अवसर प्राप्त गर्ने संचारकर्मी रमा सिंहले एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी भएको घोषणा गर्दै आफ्ना मुख्य मुद्धाहरु उठाउनु भएको छ l
एनआरएन अमेरिका बिश्व कै सबै भन्दा ज्यादा सदस्य हुने मुलुक हुनु भन्दा अगाडी नै आफ्नो उम्मेदवारी दिएको प्रष्ट पार्दै एनआरएन को निर्वाचनमा गणितीय खेलले कतिको प्रभाव पार्दछ भन्ने जिज्ञाशामा त्यो खेल संग मलाई डर लाग्दैन l किनभने म एक झुझारू तथा आटिली महिला पनि हु l​ ​र ​,​म मा आत्माविश्वास छ भन्नु भयो l
उम्मेदवार हुनेले अग्रिम रुपमा आफ्ना मतको गुणा भाग गरि उम्मेदवारी दिने गरेको हुन्छ l र ,यस सम्बन्धि कतिको सचेत हुनु हुन्छ भन्ने सवालमा गणितीय खेल द्वारा पराजित हुने भन्ने दुर्बल मानसिकता मैले लिएर हिडेको छैन l भय पनि छैन किनभने हामी अमेरिकामा छौ l मतदाताले बिबेक प्रयोग गर्नु हुनेछ l
र, म एक महिला उम्मेदवार भएको नाताले मलाई जिताउनु हुने छ भन्ने पूर्ण आशाबादी रहेको छु l नेपालमा संचार तथा खेलकुद क्षेत्रमा नेतृत्व दिई सकेको हुनाले अलिकति भए पनि यस बारे आफु सचेत छु l अब अमेरिकामा बुद्धिजीवि वर्गले राजनैतिक आस्था भएका उम्मेदवार प्रति झुकाव राख्नु हुन्न होला भन्ने मलाई लागेको छ l किनभने हामी यहा समाज सेवा गर्न उम्मेदवारी दिएका हौ l
योगदान बारेमा चर्चा गर्दा ​:​
आफैले गरेको योगदान बारेमा चर्चा गर्दा आफ्नो बढाई आफैले गरे जस्तो हुने हुनाले आफुले गरेको समाज सेवा त समुदायले मुल्यांकन गर्ने हो l बिदेशी माटोमा पनि संस्कृति ,कला ,परम्परा तथा संस्कारलाई सम्बर्धन तथा प्रवर्धन होस् भन्ने हेतुले अमेरिका नेपाल टेलिभिजन को स्थापना गरि समाज सेवा पनि गरेको छु l
अध्यक्ष पदका प्रत्यासीका ​प्राथमिकतामा परेका मुख्य मुद्धाहरु​ ​यस्ता छन् :
पहिलो तीन वटा प्राथमिकतामा परेका मुख्य मुद्धाहरु क्रमस : पहिलो ,एनआरएन धनाढयहरुको संस्था भनि छाप लागेको छ र धनिहरुले मात्र यो संस्थाको प्रतिनिधित्व गर्छन भन्ने आम जन मानसमा परेको छ l वास्तविकतामा त्यो हैन l मध्यम वर्गले पनि नेतृत्व प्रदान गर्न सक्छ l र ,यो संस्थाले सबै वर्गको लागि हो l र सबैको प्रतिनिधित्व हुने संस्था भन्ने मैले बुझेकोले त्यो बुझाउने र सचेतना गर्ने मेरो लक्ष्य रहेको हो l
दोश्रो ,अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका मातापिताले स्थाई आवासीय पत्र (हरियो पत्र )प्राप्त गरे पछि अमेरिकन सरकारले १ बर्ष सम्म भित्र अमेरिका आउनु पर्ने कानुन बनाई दिएकोले बृद्ध बुढा बुढीलाई अप्ठ्यारो पर्ने अवस्था भएकोले कम्तिमा ५ बर्ष सम्म त्यो समय बढाउन पहल गर्ने l
तेश्रो, अमेरिका पढ्न आएका बिद्यार्थीले बार्षिक रुपमा सामाजिक सुरक्षा कर ,सरकारी कर तथा चिकित्सा कर तिर्नु पर्ने भएकोले चिकित्सा कर बाहेक बिद्यार्थीहरु नेपाल फर्कनु अगाडी त्यो पैसा फिर्ता पाउनु पर्छ भन्ने एनआरएनको तर्फबाट सम्बन्धित निकायसंग वार्ताको पहल गर्ने l
यसका अतिरिक्त एनआरएन सदस्यता पत्र ,दोहोरो नागरिकता तथा सूचना बैंक पनि मुद्धाहरु भएको बताउनु भयो l
धेरै संचारकर्मी उम्मेदवारहरु भए कसले समाचारको जिम्मेबारी लिने :
निर्वाचानमा ५ जना संचार कर्मी उम्मेदवारहरु भै सकेका छन l ,सामाजिक सचेतनामा सदैब खबरदारी गरि रहने राष्ट्रको चौथो अंग पत्रकारिता पेसाका सबै संचार कर्मीले समाज सेवामा लागे कस्ले समाचार लेख्ने भन्ने जिज्ञाशामा सिंहले प्रस्ट भन्नु भयो -भुतकालमा थिए l २७ बर्ष संचार जगतमा बिताए ,अब पालो समाज सेवाको l
अरुलाई चिनाउनु पर्छ तर तपाईलाई सबैले चिन्छन , फेरी चिनाउन समाज सेवा हो त ? हैन ,मलाई व्यक्तिगत रुपमा चिनाउनु नपर्ला ,अब समाज सेवीको नाम बाट आफ्नो परिचय दिन चाहन्छु l समाज सेवा मार्फत आफुलाई स्थापित गर्दै समाज सेवामा जीवन समर्पित गर्ने चाहेको सिंहले बताईन l
एनआरएन अमेरिकाको ईतिहासमा पहिलो पटक अध्यक्ष पदमा महिला प्रत्यासी बन्नु भएको छ ? कसैले पनि आज सम्म त्यो पदमा उम्मेदवारी दिने आँट र हिम्मत गरेका थिएनन के भन्नु हुन्छ भने सवालमा ,आफु झुझारू प्रवृतिको महिला हु र चुनौती लिन मन पराउने हु l

झन्डै तिन लाख जन घनत्व भएको अमेरिकामा एनआरएन अभियानलाई घर दैलो पुर्याउने मेरो चाहना रहेको छ l आफु मेहनतमा विश्वास गर्ने र मेहनत गरे लक्ष्यमा पुग्न गाह्रो हुदैन निर्धक्क साथ भन्नु भयो l
मेरो कार्यशैली आक्रमक पनि छ l र ,नेतृत्वपन स्वत स्फ्रुत रुपमा प्रस्फुटित् हुने भएको र बिगतमा पनि नेतृत्व प्रदान गर्ने अवसर पाएकोले एन आर एन अमेरिकाको नेतृत्व लिन मेरो क्षमताले पुग्छ l हाक्ने आँट लिएर यो उम्मेदवारी प्रस्तुत गरेको हु l
समय र परिथिति अनुसार आफ्नो उम्मेदवारीमा सहमति गर्नु पर्ने अवस्था सृजना भए उम्मेदवारी त्याग गर्न सक्ने हिम्मत राख्नु हुन्छ भन्ने जिज्ञाशामा मेरो उम्मेदवारीको बलिदानबाट संस्थाको उन्नति र उचाई बढ्छ भने म नेपाली समुदायको लागि त्याग र बलिदान दिन तयार छु l
अमेरिकामा महिलाहरुको सहभागिता न्यून हुन्छ भन्ने सवालमा नेपाली महिलाहरुले आफ्नो संस्कार र संस्कृति छोड्न नसकेको कारण समय दिन नसकेको अवस्था छ तर बिस्तारै त्यो परिवर्तन हुने छ भन्ने कुरामा आशाबादी रहेको बताउनु भयो l
र ,महिला प्रत्यासी भएकोले महिलाहरुका हकमा बिशेष के के मुद्धाहरु उठाउनु हुने छ भन्ने सवालमा ,हामी अमेरिकामा छौ , महिला तथा पुरुष दुवैलाई समानान्तर रुपमा लानु पर्छ l नेतृत्व लिनेले विभेद गर्न हुन् र म महिला भएकोले महिलाका लागि मात्र सोच्नु हुदैन l दुबैका समस्यालाई सम्बोधन गर्ने लक्ष्य रहेको बताउनु भयो l
किन मत दान दिने :
महिलाहरुले आफ्नो क्षमता तथा योग्यतालाई सतह बाहिर आफैले ल्याउनु पर्छ l एनआरएन अमेरिको ईतिहासमा नै पहिलो पटक महिलाको तर्फबाट नेतृत्व लिन उम्मेदवारी दिएकोले यो नै एउटा गौरबको बिषय हुने छ भन्ने आफुलाई लागेको बताउनु भयो l
अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले बुझ्नु हुनेछ l र ,आफ्नो स्व बिबेक प्रयोग गर्दै आफुलाई नेतृत्व दिने अवसर प्रदान गर्नु हुनेछ भन्ने कुरामा बिश्वस्त रहेको बताउनु भयो l स्वच्छ छबि र नेतृत्व लिन सक्ने उम्मेदवारलाई बिजयी बनाउनु हुनेछ भन्ने मैले आशा गरेको बताउनु भयो l
source enepalese,com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment