English Edition

एनआरएन अमेरिकाको अध्यक्षका प्रत्याशी दाहालद्वारा आफ्नो पक्षमा माहौल बनेको दाबी



दुर्गा दाहाल

दुर्गा दाहालअमेरिका,लसएन्जेलस,मार्च १२/ अमेरिकामा अप्रिल महिनामा हुनगै रहेको एनआरएन अमेरिकाको चुनावमा अध्यक्ष पदका प्रत्याशी दुर्गा दाहालले अहिले आफ्नो पक्षमा राम्रो माहौल बनेको दाबी गरेका छन। दाहालले एनआरएन अमेरिकालाई सस्थागत गर्दै अझ बढी परिणाममुखी र गतिशील तुल्याउन प्रतिबद्ध रहेको बिचार सामाजिक संजाल मार्फत ब्यक्त गरेका छन। धर्म, जातीयता र राजनीतिक बिचारको आधारमा गूट उपगूटमा विभक्त आजको एनआरएनलाई प्रवासमा रहका सम्पूर्ण दाजूभाई दिदीबहिनीहरुको सगोल घर बनाउने अठोट लिएको भन्दै आफु उम्मेदवारबाट पछाडि हटेको भन्ने हल्ला निराधार र कपोकल्पित भएको र आफु सोही पदमा उम्मेदवार रहेको सामाजिक संजालमार्फत जानकारी गराएका छन। 
क्यालिफोर्नियाको डेभिस भन्ने शहरमा स्थाई बसोबास गर्दै आएका दाहाल करीब ३० बर्ष अघी अमेरिका आएका हुन।समाजशास्त्र एब बिजिनेस एडमिनीस्ट्रेसनमा स्नाकोत्तर गरेका दाहालले अमेरिकन रिभर कलेजबाट ट्रावल एण्ड टुरिजममा पनि एसोसियट डिग्री हासिल गरेका छन। 
बिभिन्न सामाजिक संघसस्थाहरुमा कृयाशिल रहेका दाहाल क्यालिफोर्नियामा रहेको पुरानो नेपालीहरुको सस्था नेप्लिज एन्ड फ्रेन्ड्स एसोसियसन नाफ्काका सस्थापक अध्यक्ष पनि हुन। बिभिन्न रेष्टुरेण्टहरु एब अन्य बिबिध ब्यबसायहरुमा लगानी रहेको दाहाल अमेरिकामा एक सफल ब्यबसायीको रुपमा चिनिन्छन। तपाईं पनि काङ्रेसको मान्छे भन्छन, नेपाली जनसंपर्क समितीले तपाईंलाई सहयोग गर्छ त? भन्ने प्रश्नमा दाहालले आफु प्रजातान्त्रिक सस्कारमा हुर्किएको ब्यक्ती भएकोले एनआरएनमा गुटउपगुटको राजनीति हावी हुन दिनुहुन्न भन्ने आफ्नो मान्यता रहेको भन्दै जनसंपर्कमा आबद्द धेरै साथीहरुको सहयोग आफुलाई रहको बताए।
स्मरणिय छ ,एनआरएन अमेरिकाको अध्यक्ष पदमा दुर्गा दाहाल सहित चर्चित संचारकर्मी रमा सिंह,डा केशब पौडेल, गणेश कुँवर, सानुबाबु सिलुवाल र नगेन्द्र पौडेलले दाबेदारी प्रस्तुत गरेका छन।
source himalipost,com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment