English Edition

मेरो उम्मेद्वारी नेपाली समाजको प्रगतीका निमित्त हो : सानुबावु सिलवाल

तपाईले एन आर एन अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिई सक्नु भएको छ ,एनआरएन अमेरिकामामा तपाइको अध्यक्षता किन ?
गैर आबशिय नेपाली संघमा मेरो उम्मेद्वारी एन आर एन अमेरिकालाई सक्रिय बनाउन,यस संस्थालाई व्यापक रुपमा अगाडी बढाउन मेरो सहभागी र उम्मेवारी मुख्य हुन आउँछ । नेपाली समाजको प्रगतिका निमित्त,नेपाली समाजको आर्थिक विकासका निमित्त पनि मेरो उम्मेवारी आबश्यक रहेको अमेरिकामा रहेका नेपालीहरुले आवाज उठाएका कारण मैले एन आर एन अमेरिकाको अध्यक्ष पदका लागी उम्मेवारी दिन आगेको हुँ । मेरो उम्मेदवारी यस संस्थालाई सबै नेपालीको संस्था बनाउनका लागी मेरो प्रतिनिधित्व हुनुपर्छ भनेर मैले उम्मेदवारी दिएको हुँ ।
यस पालीको चुनाब प्रतिस्पर्धा हुनेनिश्चित देखिएको छ भने अरु उम्मेदवार भन्दा तपाई कसरि पृथकरुपमा प्रस्तुत हुन सक्नु हुन्छ ?
sanubabu-silwal-300x300संसारभरकै गैर आबशिय संघको सबै भन्दा उच्च सदस्यता अमेरिकाको ठुलो छ,सायद त्यसैले पनि अहिले एन आर एन अमेरिकाको चुनावी माहोल युद्धस्तरमा अगाडी बढिरहेको छ । अब अरु उम्मेवार भन्दा मेरो उम्मेदवारी कसरी फरक भन्दा म हिजो पनि नेपाली समाजको प्रगतीका निमित्त,नेपाली समाजको आर्थिक विकासका निमित्त मैले विभिन्न कामहरु गरिरहेको छु । र भोलीका दिनमा पनि मेरो लक्ष्य र गन्तव्य भनेको नेपाली समाजको आर्थिक,सामाजिक प्रगतीनै रहेको छ । अहिले यस संस्थामा कोहि नाम,दाम कमाउन आएका छन् तर म भने काम गर्न आएको छु ।
संस्था नै दर्ता नभएको अवस्थामा एक तिर छ भने जल बिद्युतमा लगानी करौडौ को भै सकेको छ भनेविदेशमा दुख गरि आर्जन गरेको लगानीलाई कसरि प्रत्याभूति दिनु हुन्छ ? 
तपाईलाई एउटा कुरा के याद गराउ भन्दा यो संस्था करिब १ डेढ बर्ष अगाडी नै दर्ता भइसकेको छ । लगानीको कुरामा चै मेरो भाषा के छ भने यो संस्थाले कुटो कोदालो बोकेर भिरमा निस्किने होइन यसको काम भनेको लभि गर्ने हो,यसको काम भनेको वकालत गर्ने हो । यस संस्थाले अभि र नेपाली समाजको विषयमा वकालत गगरि परदेशीयका नेपालीको हक अधिकारमा लड्ने काम गर्छ यस संस्थाले त्यसैले यस संस्थाले नेपाल सरकारसँग सम्वनय गरि नेपाली समाजको आर्थिक,सामाजिक रुपान्तरणमा काम गर्ने गर्छ ।
दोहोरो नागरिकता दिन नेपालका राजनीति दलहरुले नै टाउको अर्को तिर फर्काएका छन् र अलमलमा पारिरहेको देखिएको छ भने यस्तो जटिल अवस्थामा दोहोरो नागरिकताको मुद्दालाई बोकेर हिड्न सम्भव होला र ?
परदेशी सकेका नेपालीहरुले आफ्ना अधिकार स्थापितका लागी नागरिकताका लागी भाग गरेको अबस्था हो । नेपालको भौगलिक अबस्थाका कारणले पनि सम्भब नहुने भन्ने कुरा पनि उठेका थिए । र अहिलेको अबस्थामा यसको कतिको सम्भाबना छ भन्नेमा अहिले सरकारसँग कुरा भइरहेको छ । र सरकारले पनि अहिले दोहोरो नागरिकताको विषयलाई लिएर विभिन्न कुराहरु उठाइरहेका छन् । भारतसँग हाम्रो खुल्ला नाका भएका कारण नेपालमा दोहोरो नागरिकता बन्न सक्छ । तर हाम्रो माग भनेको एउटा नेपाली सधैका लागी नेपाली हुने भएका कारण नेपालीहरुको अधिकारका लागी नेपाल सरकारले यो काम गर्न सक्यो भने भोली गएर नलगानीका क्षेत्रमा देखी हामीले अमेरिकामा सिकेका कुराहरु नेपाल लैजान सकिन्छ यदि त्यो भयो भने नेपालकै आर्थिक,सामाजिक विकास हुन्छ ।
गैर आवाशीय नेपाली संघ मा पनि राजनीतिक रंग भएका व्यक्तिहरुको प्रवेश हुन् थालेकोले निकै राजनीति हुन् थालेको छ र बिबादमा धेरै राष्ट्रिय समन्वय समितिहरु मुसीएका छन् र यसमा यहाको भनाई के छ ?
यो राजनितिक भन्ने शब्द चै अलि फरक छ । हामी राजनितिक सहितको दोहोरो नागरिकता माग गर्ने अनि त्यहि अधिकारका निमित्त हामीले कुरा नगर्ने भन्ने हुन्न । यो संसारमा को चै राजनितिक विचार धारा भन्दा बाहिर छ । कोहि न कोहिले एउटा न राजनितिक दलको विचार बोकेका छन् अब एन आर एन भित्र राजनितिक रंग मिसिका मानिसहरु प्रवेश गरेको भन्ने कुरा चै गलत हो । जो कोहि पनि एउटा राजनितिक दलको विचारधारा बोक्न सक्छ र संस्था भित्र गएपछि उक्त संस्थामा कुनै पनि राजनितिक रंग मिसिनु हुदैंन ।
एनआरएनए पैसा वालाको संस्था हो भन्ने आरोप छ ?
यो त स्वभाविक हो । अमेरिकामा त्यतिकै बस्न मिल्दैंन त्यसका लागी कमाउनैं पर्छ अनि कमाएका मानिसहरु संस्थाका सदस्य हुन्छन् तर पैसावालाहरुको मात्रै यस संस्था हो भन्ने कुरा चै गलत हो ।
तपाइलाई एनआरएन अमेरिकाको अध्यक्ष बनाऊ नै पर्ने केहि कारण दिनुस न ?
म्ैले यो मुलुकमा करिब ४ बर्ष देखी आफ्नो साहु आफैं बनौं भन्ने नाराका साथ काम गरिरहेको छु । अमेरिका भनेको अवसर,चुनौती दुवैको मुलुक हो र यो मुलुकको मुख्य स्रोत भनेको साना व्यबसायी हो । त्यसैले मैले नेपाली समाजलाई आर्थिक उन्नती तर्फ कसरी लम्काउने भन्ने विषयमा अब मैले अमेरिकामा रहेका नेपालीहरुलाई उहाँहरुको हक अधिकार कसरी दिने,नेपाली समाजलाई आर्थिक विकास कसरी लैजाने भन्ने कुरा ठुलो संस्थामा गएपछि देखाउन सक्छु भन्ने लक्ष्यका साथ मैले एन आर एन अमेरिकाको चुनावका लागी उम्मेदवारी दिएको हुँ ।

source sambadsansar,com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment