मुम्बई–बलिउड चर्चित अभिनेता सलमान खानलाई हिट एण्ड रन मुद्दामा अदालतले सफाई दिएको छ। जोधपुर अदालतले सरकारी वकिलको माग खारेज गर्दै सलमानलाई सफाई दिएको भारतीय संचारमाध्यमले जनाएका छन्। यद्यपि अवैध हतियार राखेको आरोपमा अदालतको फैसला आउन बाँकी छ।
सलमान खानलाई अदालतले राहत दिँदै भएको छ,'सलमान खानको लाइसेन्स लिनुपर्ने कुनै कारण छैन।' लाइसेन्स बिनाको हतियारले १९९८ मा दुई हरिणको शिकार गर्दै हतियार ऐनको उल्लंघन गरेको आरोप छ। सो मुद्दामा अदालतले सलमानलाई दोषी ठहर गरेमा ७ वर्षसम्मको जेल सजाय हुनसक्छ। १६ वर्षअघि १५ अक्टुबर १९९८ मा सलमानविरुद्ध जोधपुरमा वन विभागले गैरकानुनी हतियारबाट दुई हरिणको शिकार गरेको मुद्दा दर्ता गरेको थियो। यो मामिलामा सलमान खानलाई पहिले पनि तल्लो अदालतले ५ वर्षको सजाय सुनाएको थियो। यो सजायलाई हाइकोर्टले रोक लगाइदिएको थियो। पछि सर्वोच्च अदालतले सो सजाय पुनरावलोकन गर्न तल्लो अदालतमा फिर्ता पठाइदिएको थियो।सलमानले यही मामिलामा सन् १९९८ तथा २००७ मा केही समय जोधपुर जेलमा बिताएका थिए। त्यो बेला सलमानकी तत्कालीन प्रेमिका कट्रिना कैफ उनलाई भेट्न जेलमै गएकी थिइन्।
0 comments :
Post a Comment