English Edition

३१ महिनादेखि कतारमा नेपालीको शव अलपत्र

काठमाडौं नेपाल टुडे  
पहिचान नखुलेपछि ३१ महिनादेखि एक नेपाली कामदारको शब यहाँ अलपत्र परेको छ । ती कामदारको सन् २०१२ अगस्ट २७ मा मृत्यु भएको थियो । अस्पतालमा ती कामदारलार्य ‘उत्तमलाल महत्तो’को नाममा भर्ना भएको थियो । भर्ना भएको दुईदिनमा धेरैजसो अंगले काम नगरेपछि मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । हमाद अस्पतालमा उनको दर्ता नम्बर ‘एचसि २७४४७२३’ छ ।
नेपाली दुताबासले मृतकको सही नाम र ठेगाना पत्ता लगाउन प्रयास गरेपनि सम्भब भए पनि नखुलेको जनाएको छ । दुताबासका एक अधिकारीका अनुसार सन् २०१४ मार्च ६ गते महोत्तरी जिल्ला प्रशासन कार्यालयलाई उत्तमलाल महत्तोको बस्ताबिक बुझ्न पत्र पठाएको थियो । स्थानीय प्रशासनले यसबारे जवाफ दिएको छैन् । महत्तो बिरामी भएपछि एक जना नेपाली डाइभरले भर्ना गर्न अस्पताल लिएर गएको थियो । तर त्यस कम्पनीमा काम गर्ने अर्का उत्तमलाल महत्तो भने नेपाल फर्किसकेका छन् ।
दुताबासका जनसम्र्पक अधिकृत ताजले कम्पनीमा गएर ‘ती कामदार’को बास्तबिक परिचय पत्ता लगाउन धेरै कोसिस गरेपनि सही सुचना पाउन सकेको छैन् । ‘ऊ को हो भन्ने बिषय नेपाली डाइभरले मात्रै बताउन सक्ला ?’, एक अधिकारीले भने,’डाइभरले आफुलाई पुर्ण जानकारी नभएको बताउदै आएको छ ।’
ती डाइभर एउटा मुद्दामा कतारको जेलमा रहेको नेपाली दुताबासले जनाएको छ । ‘ती कामदारले आफ्नै राहदानी प्रयोग नगरेको हो कि भन्ने शंका छ’, श्रम सहचारी लिलानाथ दाहालले कान्तिपुरलाई भने,’सही राहदानी प्रयोग गरेको भए केही न केही सुचना त पाइन्थ्यो ।’ हमाद अस्पातलले शबलाई शब गृहमा सुरक्षीत रुपमा राखेको छ । यति लामो समयसम्म शब रहेको उनको मात्रै भएको हमादले जनाएको छ । दुताबासलाई पनि लामो समयदेखि आफन्त हराएको निबेदन परेको छैन् ।
जनवरीमा मात्रै २७ को मृत्यु
बैदेशिक रोजगारमा कतारमा आएका २७ नेपालीको जनवरीमा मृत्यु भएको छ । एक जना महिला छन् । जनवरीमा मृत्यु हुने नेपालीको सख्या अहिलेसम्मको उच्च हो । नेपाली दुताबासका अनुसार १० जना सडक दुर्घटना र कार्यस्थल दुर्घटनामा परी मृत्यु भएको छ । ५ जना नेपालीले आत्महत्या गरेका छन् । एक जना किड्नी फेल भएर बाँकी हृदयघात भएर मृत्यु हुन पुगेको हो ।
आत्महत्या गर्नेमा मानपुर-७, सर्लाहीका हरेन्द्र कपाड, सिम्ले-७, त्रेहथुमका पदमप्रसाद रिजाल, सिम्ले-९ त्रेहथुमका भक्तबहादुर तामाङ, आइराकोट-७, दार्चुलाका लालसिंह डडाल, निङ्गीहिवा-८, कपिलबस्तुका सुनौला गड्डी रहेका छन् । सादिया मेन्टीनेन्स एण्ड क्लिनीङ कम्पनीमा कार्यरत मेहन्दी हुसेन अलीले काम गर्ने टाँउबाट खसेर मृत्यु भएको हो । अल मिलियन सर्भिसाम कार्यरत तेलुङ्हा-६, पाल्पाका यामबहादुर चिदीको खस्दा टाउकोमा गम्भिर चोट लागेर ज्यान गएको हो । हमाद बिन खालिद हमाद कर्पोरेशनमा कार्यरत झिटकरिया-७, धनुषाका बासुदेब यादब र मादी-९, सखुवासभाका मोहनमणी कार्की माथिबाट झरेर ज्यान गएको हो ।
हासिन्स्क्यो टे्रडि्रङ  एण्ड कन्ट्रक्टीङ कम्पनीमा कार्यरत बाटहनाहा-४, सिराहाका राजाराम महत्तो र रामनगर-१, महत्तोरीका बिजय शाह काम गर्दौ गर्दै खाल्डोमा काम गर्न जाँदा निस्सासिएर मृत्यु भएको दुताबासले जनाएको छ ।
सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा बिरेन्द्रनगर-८, चितवनका  सबिना लामा, ठुलोडुमा-४, भोजपुरका सन्तकुमार राई, हरिहरपुर-३, धनुषाका जीबछा यादब रहेका छन् । लामा नेपाल र्फकनेक्रममा दुर्घटनामा परेकी थिइन् । टाउको गम्भिर चोट लागेर आँखले-६, गुल्मीका ज्ञानेश्वर पन्थीको ज्यान गएको छ ।
रामउद्गार मगरको टाउकोमा गम्भिर चोट लागेको कारणले मृत्यु भएको हो । बलबहादुर धमीको मृटु फेल भएपछि मृत्यु भएको हो । ‘कार्डियक एरेष्ट’ भएर ज्यान जानेमा तनहुँका मानसिंह लामा, राम्चे-९, रसुवाका मंगले तामाङ, देलिया-१, सप्तहरीका कशीलाल चौधरी, राजपुर-८, नवलपरासीका अर्जुन गौतम, हिमबहादुर खत्री, पथरी-५, मोरङका गणेशबहादुर मगर रहेका छन् ।
निमोनिया भएर मृत्यु हुनेमा बोखारे-१, सुनसरीका अलीसेर मन्सुरी, किड्नी फेल भएर ज्यान जानेमा बर्याबान-६, मोरङका मनोजकुमार शाह, जाल्पापुर-८, सुनसरीका मोहबुद मियाँ रहेका छन् । नेपाली दुताबासले ती सबैको शब नेपाल पठाइसकेका छ । दुताबासका सहचारी केशब पन्थीले क्षतिपुर्ति पाउनेको हकमा दुताबासले प्रक्रिया थाल्ने बताए । ‘सडक दुर्घटना र काम गर्दा गर्दै मृत्यु भएको हकमा क्षतिपुर्तिको लागि दावी गर्न सकिन्छ’, उनले भने ।
कान्तिपुरबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment