English Edition

‘उपचारै नपाइ विदेशी भूमिमा मर्ने भएँ !’

काठमाडौं नेपाल टुडे 
 चक्कर लाग्छ, गर्ल्याम्मै ढल्छन्। वाकवाकी लाग्छ, बान्ता गर्छन्। पीडाले मन दुख्छ, भक्कानिन्छन्। वरिपरि कोही छैनन् भने त डाँकै छोडेर रुन्छन्। अनि भाग्यलाई धिक्कार्दै आफैँ सम्हाल्निछन्।
२५ दिनअघि वैदशिक रोजगारीका लागि काठमाडौंको हिमार्ब ओभरसिजबाट मलेसिया आएका झापा पृथ्वीनगरका गुरुप्रसाद चौलागाईं यति पीडामा छन् कि भनिसाध्यै छैन। उनको पीडा सुन्ने सबैका आँखा रसाउँछन्, पीडा सुनाउँदा सुनाउँदै उनको आँखाबाट त आँशुको भेल उर्लिन्छ। उनी क्वालालाम्पुरको चौकेटस्थित एलाइड सेक्युरिटी कम्पनीमा कार्यरत छन्। आउँदा खाइलाग्दो ज्यान भएका उनी अहिले दुब्लाएर ख्याउटे भएका छन्।यहाँ आएदेखि नै बिरामी थिए गुरुप्रसाद। साताअघि अलि बढी च्याप्यो।
कम्पनी सञ्चालकलाई उपचार गर्न आग्रह गरे तर कुनै सुनुवाइ भएन। पुराना अरु साथीले पनि उपचार गर्न आग्रह गरेपछि उनलाई कम्पनीले एउटा सामान्य क्लिनिकमा पुर्याभयो। स्वास्थ्य परीक्षण गर्दा रोगले धेरै च्यापिसकेको पत्ता लाग्यो। त्यहाँ उपचार सम्भव भएन। क्लिनिकले ठूलो अस्पतालमा रेफर गर्यो् तर रोजगारदाता एलाइड सेक्युरिटी कम्पनीले उपचारका लागि अस्पताल लैजानुको साटो होस्टेलमा लगेर राखिदियो। क्लिनिकले कुन रोग लागेको छ भन्नेसम्म पनि गुरुप्रसादलाई भनेको छैन।
होस्टेलमा लगेर राखेपछि उनी तनावमा छन्। उनलाई ठूलै रोग लागेर कम्पनीले उपचार नगरेको हो कि भन्ने चिन्ताले सताएको छ। रेफर गरिएको उपचारका लागि अस्पताल लैजान आग्रह गर्दा कम्पनीले भोलि–भोलि भन्दै टार्ने गरेको उनले नागरिकलाई बताए। ‘रेफर गरेको ठाउँमा उपचार गर्न लैजान भन्दा कम्पनीको बोसले भोलि–भोलि भन्दै टार्ने गरेको छ,’ उनले भने, ‘म त उपचार नपाएरै मर्छु होला।’ उनी आफूलाई चक्कर लाग्ने, वाकवाकी लाग्ने र बान्ता हुने समस्याले सताएको बताउँछन्। सुरुमा भन्दा समस्या अहिले झन् धेरै बल्झेकोे उनको भनाइ छ। चक्कर लागेर धेरैपटक ड्युटीमा ढलेको उनी बताउँछन्। गहभरि आँशु पार्दै उनले भने, ‘दिनप्रतिदिन पीडा बढ्दै गएको छ। के रोग लागेको हो भन्नेसम्म थाहा छैन। उपचार पनि गराउँदैन। म अब कसरी बाँचुँला र?’
क्लिनिकले निको पार्न नसकेको र कम्पनीले ठूलो अस्पतालमा उपचार गर्न आलटाल गर्दा उनलाई अनेक शंकाले सताउन थालेको छ। उनले चक्कर लागेर ढल्ने र बान्ता गर्ने समस्याले आफू ग्रसित भएको बताए। उनी अहिले जीवन–मरणको दोसाँधमा छन्। बिरामी भएको र कम्पनीले उपचार नगरेको खबर घरमा सुनाउँदा आमाबुबा र श्रीमती रुने गर्छन्। उनले आफू यहाँ उपचारै नपाई मर्ने अवस्थामा पुगेको घरमा सुनाउने गरेका छन्।
आफू आएको म्यानपावरलाई पनि उनले समस्या सुनाइसकेका छन्। तर, उपचार गर्ने जिम्मा आफ्नो नभएको भन्दै म्यानपावर पन्छिएको उनले बताए। ‘मैले मेरो समस्या म्यानपावरलाई भनेको छु तर सुनुवाइ भएन,’ उनले भने। म्यानपावरले भन्दिए कम्पनीले उपचार गराउँथ्यो कि भन्ने उनलाई लागेको छ। अर्काको देशमा उपचार नपाएर मृत्युशऒ्ढयामा छट्पटाइरहेका गुरुप्रसादले बाँच्ने आशा राख्न छाडेका छन्। उनी भन्छन्, ‘उपचारै नपाए त कसरी बाँचुला र! मलाई मेरो कम्पनीले त हेरेन अरु कसले हेर्ला?’
तीन महिनाअघि बिहे गरेर धन कमाउने र बाँकी जीवन सुखशैलमा बिताउने सपना बुनेर मलेसिया आएका उनको आर्थिक अवस्था नाजुक छ। घरमा बाबुआमा, श्रीमती र भाइ छन्। कमाउने उनै एक्ला हुन्। आएको एक महिना नपुग्दै बिरामीले थला परेपछि उनलाई आफ्नो भन्दा परिवारको चिन्ताले सताउन थालेको छ। ‘म मरें भने परिवारै भोकभोकै हुन्छन्,’ उनले भने, ‘उपचारका लागि कसैले पहल गरिदिए हुन्थ्यो। म अकालमा मर्न चाहन्न।’
उनलाई मलेसियामा नेपाली दूतावास छ भन्ने जानकारी त छ तर उनी दूतावाससम्म आफ्नो समस्या पुर्या्उनसक्ने स्थितिमा छैनन्। ‘आफ्नोबारेमा समाचार पढेपछि उपचारका लागि दूतावासले पहल गरिदिन्छ कि!’ उनको आशा छ।
सँगै काम गर्ने चूडामणि पोखरेलले कम्पनीको सञ्चालकलाई गुरुप्रसादको उपचार चाँडै गराउन आग्रह गर्दा ‘उपचार गर्ने पैसा छैन’ भन्ने जवाफ दिएको नागरिकलाई बताए। उनले गुरुप्रसाद मात्रै नभई कम्पनीले अरु नेपाली बिरामी हुँदा पनि लापरबाही गरेको बताए। उनले भने, ‘उपचार गराउन आग्रह गर्दा पैसा छैन भन्छ। यसअघि अरु साथी बिरामी हुँदा पनि यस्तै गरेको थियो। गुरुको अवस्था निकै कमजोर छ। यो खबर दूतावाससम्म पुर्यानइदिनुहोला। दुतावासले केही पहल गर्दिन्छ कि!’
नागरिकबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment