नेपालमा मानसिक रोगको बारेमा भरपर्दो तथ्यांक छैन । एउटा अध्ययनमा नेपालमा १० मा १ जना नेपाली कुनै न कुनै मानसिक समस्याको चपेटा परेको देखिन्छ । यसको आधारमा कम्तीमा २५ लाख नेपाली मानसिक रोगी हुने अनुमान गर्नसकिन्छ । मुख्यरूपमा नेपालीहरू डिप्रेसन, दुश्चिन्ता, फोबिया, बाइपोलर डिसअर्डर, स्ट्रेस, मानसिक थकान, यौन समस्या, लागू पदार्थ दुव्र्यसन तथा सिजोफ्रेनिया आदिबाट पीडित छन् । माओवादी सशस्त्र द्वन्दका कारण पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी)का रोगीको संख्या पनि निकै बढेको छ । यस्ता मानसिक रोगबाट महिला नै बढी प्रभावित हुन्छन् ।
विपना (नाम परिर्वतन) २७ वर्षकी विवाहित महिला हुन् । उनी अहिले एउटा बैंकमा अधिकृत छिन् । तर उनीस"ग ३ वर्ष पहिलाको एउटा मानसिक समस्याको कटु अनुभव छ । उनी भन्छिन्, – 'समयमै वैज्ञानिक मनोचिकित्सा नपाएको भए म देवीका रूपमा पुजिएर भित्रभित्र उकुममुकुस र अन्तद्र्वन्द बोकेर बा"च्न बाध्य हुने थिए" ।'
कुरा ३ वर्ष पहिलाको हो । बिपनाको एक निम्नमध्यम परिवारका लेखा अधिकृतस"ग विवाह भयो । उनका पति तीन भाइमा जेठा थिए । दुवै जना देवर पढ्दै थिए । व्यावस्थापनमा स्नातक विपनालाई एमबीए गर्ने ठूलो धोको थियो । तर पतिको जिम्मेवारी र घरको आर्थीक स्थिति देखेर एमबीए पढ्ने इच्छा पति र सासुससुरासामु व्यक्त गर्नै सकेकी थिइनन् । समय बित्दै गयो । आफ्नो धोको पूरा नहुने देखेर उनी ज्यादै चिन्तित हुन थालिन्।
एक दिन काम गर्दागर्दै अचानक उनी वेहोस भएर भुइ"मा लडिन् । केही समयपछि हातखुट्टा फाल्दै काम्न थालिन् । एउटा खुट्टा चल्न छोड्यो । परिवारका सदस्यले तुरुन्त अस्पताल पुर्यारए। अस्पतालमा उनको सम्पूर्ण मेडिकल परीक्षण भयो । तर सबै रिर्पोट सामान्य देखिए । अनि चिकित्सकले हिस्टेरिया (कनर्वजन डिसअर्डर)को अनुमान गरेर मनोचिकित्सा विभागमा पठाए ।
विपनाका सासुससुरा र आमाबा भने मनोरोग मान्न तयार भएनन् । उनीहरूले विपनालाई भूतप्रेतले सताएकोठानेर धामीकहा" लिएर गए । धामीले झारफुक गर्न थाले। विपना पनि धामीस"गै काम्न थालिन् । एकाएक उनको आवाज फेरियो । उनले जोडजोडले हा"स्दै आपूm काली भएको र आफ्ना कुरा नमाने ठूलो बित्यास पर्ने भन्न थालिन् । सबै आश्चर्यचकित भए । गाउ"भरि हल्ला फैलियो । अनि विपनालाई देवीका रूपमा पुज्न थालियो । पूजापाठ र स्वस्तिशान्ति पनि गरियो ।
यसरी नै दुई महिना बित्यो । विदेशबाट एमबीबीएस गरेर फर्केका विपनाका भाइले उनको मेडिकल रिर्पोट र अवस्था देखेर सीबीटीमा विशेष परिक्षणप्राप्त मनोचिकित्सककहा" लिएर गए । मनोचिकित्सकले सबैभन्दा पहिला परिवारका सम्पूर्ण सदस्यलाई खासगरी सासुससुरा र पतिलाई यस रोग र मनोचिकित्साका बारेमा बुझाए । अनि उनीहरूलाई विश्वासमा लिए । परिवारका सदस्यलाई उनीहरूले गर्नुपर्ने सहयोग र भूमिकाका बारेमा बताए । अनि उनले सीबीटी चिकित्सा सत्र सुरु गरे ।
तीनवटा चिकित्सा सत्रपछि विपनालाई निकै आराम महसुस हुन थाल्यो । उनको मन भित्र गुम्सिएको कुण्ठा तथा अन्तद्र्वन्द्व निकै घट्दै गयो । पन्ध्रवटा चिकित्सा सत्रपछि उनी बिलकुल ठीक भइन् । अनि परिवारको सल्लाहबमोजिम एमबीए पढ्न थालिन् । घरधन्दा र एक जना छोराको रेखदेख गरेर पनि उनले २ वर्षमा प्रथम श्रेणीमा एमबीए उत्र्तीण गरी बैंकमा जागिर पाउन सफल भइन् ।
अधिकांश मानसिक समस्या यौनसँगसम्बन्धित हुने हुनाले उपचारका लागि चिकित्सककहाँ पुगेका अधिकांश महिलाले समेत आफ्नो समस्या खोलेर भन्न लज्जाउ"छन् । उदाहरणका लागि दुश्चिन्ता तथा डिप्रेसनबाट पीडित महिलामा यौनेच्छा कम हुन्छ। त्यसले पतिपत्नीबीच कटुता पैदा गर्न सक्छ। यति हुँदा पनि महिलाहरूले यस समस्यालाई आफैँभित्र गुम्साएर राख्न उचित ठान्छन्। यौनबाट सन्तुष्टि प्राप्त गर्न नसकेको कुरा पनि लुकाएरै राख्छन्। यसो गर्नु गलत हो । त्यसैले हरेक महिलाले आफू वा आफ्ना पतिमा कुनै मानसिक वा यौनस"ग सम्बन्धित समस्या देखिएमा तुरुन्त मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ । झारफुकतिर लाग्नु हु"दैन । चिकित्सकसँग राम्रोसँग छलफल गर्नुपर्छ । चिकित्सकलाई आफ्ना सबै समस्या बताउनुपर्छ । अनिमात्र चिकित्सकलाई रोग पहिचान र उपचार गर्न सजिलो हुन्छ ।
-Source: nagarik news कुरा ३ वर्ष पहिलाको हो । बिपनाको एक निम्नमध्यम परिवारका लेखा अधिकृतस"ग विवाह भयो । उनका पति तीन भाइमा जेठा थिए । दुवै जना देवर पढ्दै थिए । व्यावस्थापनमा स्नातक विपनालाई एमबीए गर्ने ठूलो धोको थियो । तर पतिको जिम्मेवारी र घरको आर्थीक स्थिति देखेर एमबीए पढ्ने इच्छा पति र सासुससुरासामु व्यक्त गर्नै सकेकी थिइनन् । समय बित्दै गयो । आफ्नो धोको पूरा नहुने देखेर उनी ज्यादै चिन्तित हुन थालिन्।
एक दिन काम गर्दागर्दै अचानक उनी वेहोस भएर भुइ"मा लडिन् । केही समयपछि हातखुट्टा फाल्दै काम्न थालिन् । एउटा खुट्टा चल्न छोड्यो । परिवारका सदस्यले तुरुन्त अस्पताल पुर्यारए। अस्पतालमा उनको सम्पूर्ण मेडिकल परीक्षण भयो । तर सबै रिर्पोट सामान्य देखिए । अनि चिकित्सकले हिस्टेरिया (कनर्वजन डिसअर्डर)को अनुमान गरेर मनोचिकित्सा विभागमा पठाए ।
विपनाका सासुससुरा र आमाबा भने मनोरोग मान्न तयार भएनन् । उनीहरूले विपनालाई भूतप्रेतले सताएकोठानेर धामीकहा" लिएर गए । धामीले झारफुक गर्न थाले। विपना पनि धामीस"गै काम्न थालिन् । एकाएक उनको आवाज फेरियो । उनले जोडजोडले हा"स्दै आपूm काली भएको र आफ्ना कुरा नमाने ठूलो बित्यास पर्ने भन्न थालिन् । सबै आश्चर्यचकित भए । गाउ"भरि हल्ला फैलियो । अनि विपनालाई देवीका रूपमा पुज्न थालियो । पूजापाठ र स्वस्तिशान्ति पनि गरियो ।
यसरी नै दुई महिना बित्यो । विदेशबाट एमबीबीएस गरेर फर्केका विपनाका भाइले उनको मेडिकल रिर्पोट र अवस्था देखेर सीबीटीमा विशेष परिक्षणप्राप्त मनोचिकित्सककहा" लिएर गए । मनोचिकित्सकले सबैभन्दा पहिला परिवारका सम्पूर्ण सदस्यलाई खासगरी सासुससुरा र पतिलाई यस रोग र मनोचिकित्साका बारेमा बुझाए । अनि उनीहरूलाई विश्वासमा लिए । परिवारका सदस्यलाई उनीहरूले गर्नुपर्ने सहयोग र भूमिकाका बारेमा बताए । अनि उनले सीबीटी चिकित्सा सत्र सुरु गरे ।
तीनवटा चिकित्सा सत्रपछि विपनालाई निकै आराम महसुस हुन थाल्यो । उनको मन भित्र गुम्सिएको कुण्ठा तथा अन्तद्र्वन्द्व निकै घट्दै गयो । पन्ध्रवटा चिकित्सा सत्रपछि उनी बिलकुल ठीक भइन् । अनि परिवारको सल्लाहबमोजिम एमबीए पढ्न थालिन् । घरधन्दा र एक जना छोराको रेखदेख गरेर पनि उनले २ वर्षमा प्रथम श्रेणीमा एमबीए उत्र्तीण गरी बैंकमा जागिर पाउन सफल भइन् ।
अधिकांश मानसिक समस्या यौनसँगसम्बन्धित हुने हुनाले उपचारका लागि चिकित्सककहाँ पुगेका अधिकांश महिलाले समेत आफ्नो समस्या खोलेर भन्न लज्जाउ"छन् । उदाहरणका लागि दुश्चिन्ता तथा डिप्रेसनबाट पीडित महिलामा यौनेच्छा कम हुन्छ। त्यसले पतिपत्नीबीच कटुता पैदा गर्न सक्छ। यति हुँदा पनि महिलाहरूले यस समस्यालाई आफैँभित्र गुम्साएर राख्न उचित ठान्छन्। यौनबाट सन्तुष्टि प्राप्त गर्न नसकेको कुरा पनि लुकाएरै राख्छन्। यसो गर्नु गलत हो । त्यसैले हरेक महिलाले आफू वा आफ्ना पतिमा कुनै मानसिक वा यौनस"ग सम्बन्धित समस्या देखिएमा तुरुन्त मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ । झारफुकतिर लाग्नु हु"दैन । चिकित्सकसँग राम्रोसँग छलफल गर्नुपर्छ । चिकित्सकलाई आफ्ना सबै समस्या बताउनुपर्छ । अनिमात्र चिकित्सकलाई रोग पहिचान र उपचार गर्न सजिलो हुन्छ ।
0 comments :
Post a Comment