नयाँ दिल्ली–मेरी कम बनेर रिङभित्र मुक्का प्रहार गर्ने बलिउड अभिनेत्री प्रिका चोपडा अब प्रहरी पोशाकमा देखिने भएकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार निर्माता प्रकाश झाको नयाँ फिल्म 'गंगाजल २' मा प्रियंका प्रहरी इनिस्पेक्टरको भूमिकामा देखिने भएकी हुन्।
'गंगाजल २' प्रियंका बाहेक अन्य कलाकातको तय भएको छैन। त्यसबाहेक प्रियंका फिल्म निर्माता सञ्जय लिला भंसालीको फिल्म 'बाजीराव मस्तानी' मा पनि मुख्य भूमिका निर्वाह गर्दै छिन्। प्रियंका अहिले भने लस एन्जेलसमा छिन जँहा उनले हलिउड स्टुडियो एबीसीको एक टेलिभिजन कार्यक्रममा काम गर्दै छिन्। सो कार्यक्रमका लागि प्रियंकालाई २५ करोड रुपैंया दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
0 comments :
Post a Comment