काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा हात हाल्दैछन्। अपिलले ‘ऋतु'अघि ‘दासढुंगा' निर्माण गरेका थिए।
यही हप्ता सुटिङ सुरु हुने ‘झुम्की'मा मलिनाले थारु युवतीको भूमिका निर्वाह गर्नेछिन्। ‘मैले अहिलेसम्म थारुहरुसँग संगत गरेकी छैन, मलाई त्यहीभएर चुनौतीपूर्ण लागिरहेको छ आफ्नो जिम्मेवारी,' मलिनाले भनिन्, ‘तैपनि निर्देशकले मलाई झुम्कीको रुपमा देख्नुभएको छ, म खुसी छु। सबैको अपेक्षालाई पूरा गर्ने प्रयत्न गर्नेछु।'
फिल्ममा २०४६ देखि २०६२ सालसम्मको परिवेश हेर्न पाइने निर्देशक अपिलले जानकारी दिए। ‘द्वन्द्वकालमा एउटी कम्लरी युवतीले केकस्ता सास्ती भोग्छे भन्ने कथा फिल्ममा छ,' उनले भने, ‘निर्माताका रुपमा बटुलेको अनुभवलाई निर्देशनमा प्रयोग गर्न लागेको हुँ।'
विजयविराज विष्ट निर्माता, सरिता केसी कार्यकारी निर्माता, प्रदीप आचार्य र सुशील अधिकारी सहनिर्माता रहेको ‘झुम्की'को पटकथा ‘कबड्डी'का निर्देशक रामबाबु गुरुङले लेखेका हुन्। लेखक गुरुङले कलाकार र टेक्निसियनहरुका पछिल्ला काम देखेर आफू ‘झुम्की' राम्रो बन्नेमा आशावादी रहेको बताए।
फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, मनोज आरसी, प्रमोद अग्रहरि, भोलाराज सापकोटा, विजय बराल, वसन्त भट्ट, लुनिभा तुलाधर, बाल्मिकी पोखरेल, आकाश बुढाथोकी, प्रेम वर्षा, उज्ज्वल शर्मा, कमलप्यासी देवकोटा, अंकित खड्का र बिजेन कार्की लगायतको पनि अभिनय छ।
आफू संघर्षरत् छँदाका दिनमा साथ दिने अपिल र रामबाबुको सहभागिता रहेको ‘झुम्की'मा काम गर्न पाउँदा खुसी लागेको अभिनेता दयाहाङले बताए। फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत, साम्तेन भुटियाको निर्माण परिकल्पना र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहनेछ।

0 comments :
Post a Comment