English Edition

बिभिन्न राष्ट्रहरुको सफल प्रदर्शन पश्चात "जेरी" अब अमेरिकामा पनि

जेरी?
वाउ जेरी !!
  जेरी भन्ने बित्तिकै हामीलाई गुलियो मिठाईको याद आईहाल्छ र हामी मुख मिट्ठाई हाल्छौ मिठाई पसल जादा होस् या कलेज पढ्दा क्यान्टिनमा जादा जेरिलाई नै पहिलो प्राथमिकता दिन्छौ र खाईहाल्छौ पुजापाठ गर्दा ,एक आपसमा खुशी आदान प्रदान गर्दा नि जेरिको प्रयोग गर्ने गर्छौ समग्रमा भन्दा जेरी सबैले मन पराउने गुलियो परिकार हो I 
हो आज हामी कुरा गर्दैछौ जेरिको ,तर हामीले गर्न लागेको जेरी मिठाई नभएर सबै उमेर समुहका दर्शकहरुले अत्यधिक  मन पराई सफल बन्न पुगेको नेपाली कथानक चलचित्र "जेरी"को हो I 
यो बर्ष अर्थात् २०७१ को मध्य तिर नेपाली चलचित्र उद्योगमा टिनएज रोमान्स ड्रामा जेनरमा बनेको नेपाली कथानक चलचित्र "जेरी" प्रदर्शनमा आयो उक्त चलचित्रले नेपाली चलचित्र क्षेत्रमा प्रभुत्व नै जमायो भन्दा फरक नपर्ला जुन चलचित्रलाई नेपालका अधिकांश दर्शकहरुले अत्यधिक मन पराए,जुन ब्लकबस्टर नै बन्यो नेपालमा ब्लकबस्टर बनेको "जेरी" नेपाल बाहिरका दर्शकहरुको पनि अत्यधिक माग भएको र हेर्ने चाहना गरेको चलचित्र हो जसअनुसार जेरीले बिदेशमा पनि राम्रै व्यापार र वाहवाही कमायो र अझै विभिन्न देशहरुमा चल्ने क्रममा रहेको छ I 
जापान,युके,कोरिया र अस्ट्रेलिया जस्ता राष्ट्रहरुमा भव्यताका साथ प्रदशन भएको चलचित्र "जेरी" अब सपनाको देश भनेर चिनिने अमेरिकामा पनि चाडै नै प्रदर्शन हुदैछ, अमेरिकाको न्यूयोर्क लगायत अन्य शहरहरुमा पनि प्रदशनको तयारीमा रहेको कुरा सम्बन्धित पक्षले हामीलाई जानकारी गराएको छ I  
निर्देशक हेमराज बिसी,निर्माता मनोज शेरचन र सहनिर्माता सम्राट प्रसाद गौचन रहेको जेरिको छायांकन शैलेन्द्र डी कार्कीले गरेका हुन् चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र आना शर्मा तथा सहनायक नायिकामा क्रमश अभिषेक मान शेरचन र अमालिया शर्माले अभिनय गरेका छन् I 
जेरी बिश्वका उत्कृष्ट गन्तब्य मध्य एक मुस्तांङ् जिल्लामा छायांकन गरिएको चलचित्र हो छायाँकारले मुस्तांङ्का प्राकृतिक  सम्पदाहरुलाई उत्कृष्ट तवरले पर्दामा उतारेका छन् साथै मुस्तांगका सस्कृति लाई पनि केहि हद सम्म समेटेका छन् एक हिसाबले भन्दा मुस्तांङ्को प्रतिनिधित्व नै गरेका 
छन् I 
कलाकारहरुको उत्कृष्ट प्रस्तुति,कला,अभिनय र कथाका बाबजुत मुस्तांङ्का मनोरम दृश्यहरुले चलचित्र झन् सबल र उत्कृष्ट बनेको छ I 
"कला र प्रतिभाको सम्मान गरौं,नेपाली चलचित्रलाई माया गरौं "
त्यसैले एक चोटी हेर्ने पर्ने चलचित्र हो "जेरी" I 

Note:
बिस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरु(अमेरिकाको लागि)
Nabin Sherchan >6465739912
Raj Kumar Bista >6465774941
Manohar Hirachan >9177747988
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment