English Edition

कलेज डिभा हुदै

March 18 Kathmandu



रिबन इन्टरटेनमेन्ट प्रा लि ले कलेज पढ्दै गरेका किशोरीहरु बिचको सौन्दर्य प्रतियोगिता कलेज डिभा अफ द इयर २०१५ आयोजना गर्ने भएको छ ।
गत वर्ष फेश अफ द इयर, चिल्ड्रेन अफ द इयर र मिस टीन अफ द इयर जस्ता विभिन्न उमेर समूहको सौन्दर्य र प्रतिभा प्रदर्शनी प्रतियोगिता आयोजना गरिसकेको सो कम्पनीले आगामी चैत १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा डिभा अफ द इयर गर्न लागेको हो । प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत १७ किशोरीले स्पर्धा गर्ने आयोजक संस्थाका कार्यकारी निर्देशक निशु झाले जानकारी गराएका छन् । प्रतियोगिताका लागि दुई चरणमा भएको अडिसनबाट एन्जीला थापा, अन्जु ज्ञवाली, अर्चना दाहाल, अस्मीता जिरेल, नविना श्रेष्ठ, नीश्चला खड्का, पायल कौर, पूजा चौधरी, रञ्जिता कार्की, रञ्जीता कार्की, रीया तिमल्सिना, शवनम शाक्य, सजुम कटुवाल, समीक्षा सापकोटा, श्रीया शाक्य, नविना श्रेष्ठ, स्वेच्छा खत्री र उर्जा कार्की चयन भएका छन् ।
प्रतियोगितामा सहभागी किशोरीहरुका लागि विभिन्न विषयका विज्ञहरुबाट एक महिना लामो मास फेसिङ, व्यक्तित्व विकास र आत्मविश्वास, नेतृत्व क्षमता र विकास, जीवन शैली र कला, लागू पदार्थ र अपराधविरुद्धको चेतना, बाल र महिला अधिकारी, सकरात्मक सोचको विकास, पर्यटनको विकास, क्याटवकजस्ता विविध विषयको प्रशिक्षण तथा तालिम प्रदान गरिरहेको झाले बताए । उनका अनुसार स्पर्धीहरुले महिला र सामाजिक सेवासम्बन्धी विभिन्न संघ संस्थाको भ्रमण गरेर ज्ञानसमेत बटुलीरहेका छन् । आगामी चैत ७ गते ट्यालेन्ट राउन्ड हुने प्रतियोगिताको कोरियोग्राफी अश्वीनी झाले गरिरहेका छन् ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment