सुकृत नेपाल |
सुत्रतात्मक अर्थात् व्यवासायिक धारमा बनेको भनिएको फिल्म ‘मायाज बार’ हेरेर ‘बोर’ भएको र फरक अर्थात् यथार्थ कथामा निर्मित फिल्म ‘हाइवे’ हेर्दा ‘हाइ काढियो’ भन्नेहरु थुपै्र भेटिन्छन् । यसको अर्थ दर्शकहरु फिल्महलसम्म तानिएपनि दोहो¥याएर नेपाली फिल्म हलसम्म लैजाने अवस्थाबाट चुकेको महशुस फिल्मकर्मीहरुले गरेका छन् । ‘हाइवे’को खराव प्रतिक्रियामा खुचिङ भन्ने र मायाज बारको ‘मापसे मन्दी’मा जुँगा फुराउने फिल्मकर्मीहरु आत्तिएका छन् । केही समयअघिसम्म प्रस्टै दुईधारमा बिभक्त फिल्मकर्मीहरु अहिले ‘दोधार’मा छन् ।
नेपाली फिल्ममा नेपालीपन भित्र्याएर ‘लुट’ सफल भएको हो भने एक तप्काको मनोकांक्षा पूरा गरेर ‘चपली हाइट’ले हाइट लिएको हो । यी दुवै फिल्ममा खाश केही नभएपनि कथावाचनको मौलिक परिवर्तन थियो, जसले मनोरञ्जन पनि दिन्थ्यो । तर, ‘हाइवे’ पूर्विय फिल्म अध्येता तथा दार्शनिक सत्यजित रेको पक्षमा र ‘मायाज बार’ मार्काका फिल्महरु पश्चिमेली फिल्मका ब्याख्याता इर्भिंग जि. थलवर्गका पक्षमा बनेजस्ता भए । विश्व फिल्म इतिहासमा स्वीकार्य तर परस्पर बाझिएका यी दुईका भनाइको मध्यबिन्दु नै सफल फिल्मको सुत्र मानिन्छ । सत्यजितले भनेका छन्, ‘फिल्म समाजको ऐना हो । यसमा समाजका उज्याला चेहराहरु मात्र होइन, घुर्मैला अनुहारहरु पनि देखिनुपर्छ । एउटा अघाएको मान्छेको अट्टाहास हा“सो मात्र होइन, एउटा भोको मान्छेको एक चिम्टी खुशी पनि मिसिनुपर्छ । यसमा देखिने घुर्मैला अनुहार र भोका मान्छेका लागि अलिकति सन्देश तथा उज्याला चेहरा र अघाएका मान्छेका लागि अलिकति मनोरञ्जन, यही नै हाम्रो फिल्म हुनुपर्छ ।’
नेपालका अधिकांस फिल्मकर्मीले विश्व फिल्म इतिहासको वर्णमालाको अग्रभागमा रहेका यी ब्यक्तित्व र भनाइसँग परिचित छैनन् ।
फिल्मसम्बन्धि अध्ययन पनि गरेका केही पछिल्लो पुस्ताका निर्देशकहरुले नेपाली फिल्म निर्माणको परम्परागत शैलीलाई परिवर्तन गर्न खोजेका छन् । तर, त्यो शैली पनि निश्चित वर्ग लक्षित भएको आरोप लाग्दै आएको छ । चर्चित फिल्म ‘नुमाफुङ’का निर्देशक नविन सुब्बा पनि फिल्म निर्माण गर्नुअघि हेर्ने वर्ग छुट्याउनुपर्ने धारणा राख्छन् । त्यसपछि पनि ‘दलन’ टेलिफिल्म बनाएर फरक स्वाद पस्केका उनी कुनैपनि स्वादमा बानी पार्न समय लाग्ने बताउँछन् । ‘समाजलाई रिप्रजेन्टेटिभ नगर्ने फिल्म हेर्ने दर्शकको रुची परिवर्तन गर्न जरुरी छ,’ उनी भन्छन्, ‘फिल्मको काम समाज बनाउने होइन । तर, राम्रोे समाजलाई मार्गनिर्देशचाहि“ गर्छ ।’ समाजमा आएका परिवर्तनलाई अभिलेखीकरण गर्ने र पहलहरुलाई प्रतिविम्बन गर्ने कामबाट नेपाली फिल्म चुुकेको छ । वर्षेनी झन्डै सयको हाराहारीमा फिल्म बन्न थालिसके पनि विगत ६ दशकमा बनेका फिल्म अर्काइभ हेर्ने हो भने ‘समाज’ भेटिँदैन । नेपाली समाजले परिवर्तनमा फड्को मारेका यो दशकका फिल्म पनि कि कम्ब्याट ड्रेसमै सिमित रहे कि प्रेमकहानीमै । कुनै पनि विÈय, घटना र पात्रलाई समाज, समय र सन्दर्भस“ग वस्तुगत रुपमा जोडेर फिल्म बनाउने झन्जट नगर्ने फिल्मकर्मीको बानीकै कारण नेपाली फिल्म इतिहासका बनाउन चुकेको हो ।
नेपाली फिल्मकर्मीहरुले फरकधार र मूलधार भनेर लविङ गर्न थालेपनि अन्ततः दुवै ‘धार’ भुत्ते देखिएका छन् । ‘फिल्म मनोरञ्जन हो, तर मनोरञ्जन लिनका लागि आफूसँगै भएको अनुभूत गर्नसके थप मनोरञ्जन प्राप्त हुन्छ,’ नायिका करिश्मा मानन्धरले भनिन् ।
नेपाली फिल्ममा कथावाचन शैलीलाई परिवर्तन गरेको जस पाएका ‘लुट’का निर्देशक निश्चल बस्नेतले पनि फिल्म निर्माणमा परिवर्तनको महशुस गरेका छन्, ‘फरक धारका मात्रै हैन अरु फिल्मकर्मी पनि पुरानो घिसीपिटी छोडेर नयाँ स्वाद, प्रस्तुति र ‘मेकिङ’मा फरक कुरा पस्कन थालेका छन् ।’ त्यसैगरी फिल्मकर्मी तथा निर्माता केशव भट्टराईलाई पनि ‘एक्स डबल एक्स’ क्याटागोरीमा राख्नुपर्ने केही फिल्मबाहेकमा फिल्म क्षेत्रले फड्को मारेको अनुभव भएको छ । समग्रमा अहिले नेपाली फिल्म निर्माणको पुरानो शैलीमा चलेको ‘डोजर’को पक्षमा धेरै नयाँ पुराना फिल्मकर्मीको समर्थन छ । फिल्म पढेका र बुझेकाहरुको प्रवेशले आगामी दिनमा नेपाली फिल्मले प्रगति गर्ने लक्षण देखाएको छ । निश्चल बस्नेत, दिपक रौनीयार, मनोज पण्डित, , दिपेन्द्र के खनाल, निगम श्रेष्ठ, आलोक नेङ्वाङ, प्रशन्न पौडेल, सिमोश सुनुवार, सुवर्ण थापा, सुदर्शन थापा, जस्ता फिल्म पढेका र बुझेका युवाको सक्रियताले नेपाली फिल्ममा थुप्रिएको ‘फोहोर’ बढारिने आशा गरिएको छ ।
0 comments :
Post a Comment