English Edition

सिनेमाघरमा ‘षडङग र भुल भुलैया’


षडङगल
चैत्र १३ गते शुक्रवार नेपालका सिनेमाघरहरुमा दुई फरक स्वादका फिल्महरु प्रदर्शनमा आएका छन् । रँगमञ्चबाट ख्याती कमाएका दुई कलाकार अनुप बराल र सौगात मल्लको मुख्य भुमिका रहेको फिल्म षडङगले देशको आस्थिर राजनीतिक अवस्थालाई मुख्य बिषय बनाएको छ । एउटा ग्याङस्टारको उत्थान र पतन गर्ने कुरा फिल्ममा देखाइएको छ । जसमा सौगात मल्लले तराई मुलका युवाको भुमिका निर्वाह गरेका छन् । फिल्ममा उनले तराईमा बोल्ने लवजको संवाद बोलेका छन् । फिल्लमा सौगात मल्ल, प्रियंका कर्की, अनुप बराल, बिजय लामा, सौरमराज तुलाधर लगाएको अभिनय रहेको छ । फिल्मलाई सुरज सुनुवारले निर्देशन गरेका हुन । 
भुल भुलैया   
नोटबुक बनाएका निर्देशक योगेश घिमीरे निर्देशित यस फिल्मले भने पहिला जस्तो उत्साहजनक ब्यापार गर्न सकेको छैन । प्रेमकथामा आधारित यस फिल्मलाई त्रिकोणात्मक प्रेमको कथा भएको फिल्म पनि भन्न सकिन्छ । जीवन लुईटेल, नीता ढुंगाना, सोहित मानन्धर,लक्ष्मी गिरी, मोहन निरौला, देशभक्त खनाल लगाएतका कलाकारहरुको अभिनय रहेको यस फिल्मको गित संगीत भने लोकप्रिय छन् । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment