English Edition

एनआरएन अमेरिकाको अध्यक्ष पदमा डा. केशव पौडेल निर्वाचित

Keshav Paudel

पुरुषोत्तम ढकाल, लस एन्जलस, १३ वैशाख । गैर आवासीय नेपाली संघ (एनआरएन), अमेरिका राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा डा. केशव पौडेल निर्वाचित भएका छन् । पेशाले चिकित्षक रहेका पौडेलले शनिबार सम्पन्न मतगणनामा  झन्डै तेब्बर भन्दा धेरै मतले   (३६२२ मत प्राप्त गरी) आफ्ना पांच प्रतिद्वन्दीलाई पराजित गरी संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न मत गणना अनुसार पौडेलका प्रतिस्पर्धी गणेश कुँवरले ११३३   मत प्राप्त गरेका थिए । मूल थलोको राजनीतिले प्रभावित संघको निर्वाचनमा जन सम्पर्क समिति अमेरिका पक्षधर देउबा निकट समुहले संथापनका डा. केशव पौडेल बिरुद्ध भर्जिनिया राज्यका नगेन्द्र पौडेलको नेतृत्वमा छुट्टै प्यानल सहितको उम्मेदवारी दिएको थियो भने एमाले निकट प्रवाशी मंचले गणेश कुँवरको नेतृत्वमा आफ्ना उम्मेदबार मैदानमा उतारेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट समुह भने श्री पराजुलीको नेतृत्वमा चुनावी मैद्नामा होमिएको थियो । मुलथलोको बढ्दो राजनीति प्रभाव प्रति असन्तुष्टि जनाउदै अगुवा संचारकर्मी रमा सिंहले समेत अध्यक्ष पदमा आफ्नो उम्मेदबारी दिएकी थिइन् । निर्वाचन मार्फत एनआरएन अमेरिकाको नेतृत्व चुनिएको यो दोस्रो अवसर हो । झण्डै ११ हजार मतदाता रहेको निर्वाचनमा विभिन्न पदमा ६० जना र च्याप्टरका अलग्गै गरी सयौं उम्मेदवारहरु प्रतिस्पर्धामा रहेको संघको यो निर्वाचनले मूल थलोको संबिधान सभा निर्वाचनको जस्तै झल्को दिन्थ्यो । वरिष्ठ उपाध्यक्षमा कृष्ण पोखरेल, उपाध्यक्षका चार पदमा बन्दना कोइराला, रबिना थापा, डिल्ली भट्टराई र राम चन्द्र पोखरेल निर्वाचित भए भने महासचिव पदमा तिलक श्रेष्ठले निर्वाचन जितेका छन् । त्यसैगरी सहसचिवमा संगीता ‘लम्साल’ सिवाकोटी, कोषाध्यक्षमा वेद बस्नेत र सहकोषाध्यक्षमा प्रकाश सापकोटा रहेका छन् । निर्वाचित अन्य पदहरुमा जन सम्पर्क अधिकारीमा राम खरेलर सदश्यहरुमा क्रमश गोमा शेन, सुर्य लम्साल, हरिश चन्द्र हमाल, मोहन बहादुर ज्ञवाली, बिनोद तिवारी, शिब राज पौडेल , विष्णुमान प्रधान, गोबिन्द श्रेष्ठ, सतेन्द्र शाह, सुशील रेग्मी रहेका छन् । उता बिबादमा रहेको एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्यहरुका लागि भने निर्वाचन हुन सकेन । प्रमूख निर्वाचन संयोजक अधिबक्ता विनोद रोकाको नेतृत्वमा शनिबार न्युयोर्कमा मतगणना सम्पना गरिएको थियो ।
News 24 Hour


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment