काठमाडौं- नेपालमा महाभुकम्पले ठूलो क्षति पुर्याएपछि छिमेकी भुटानका प्रधानमन्त्री छिरिङ तेब्गे सोमबार काठमाडौं आइ राहत सहयोग उपलब्ध गराई स्वदेश फर्केका छन् । बिवहान १० बजेतिर काठमाडौं आइपुगेका उनी प्रधानमन्त्री सुशील कोइरालालाई भेटी १० लाख अमेरिकी डलर (करिव १० करोड रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरी दिउसो ३ बजे स्वदेश फर्केका हुन् ।
भुटानका प्रधानमन्त्री नेपाल आइ भुकम्प पीडितलाई आर्थिक सहयोग उपलब्ध गरी स्वदेश फर्कनुभएको छ,’ प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।
स्वास्थ्य मन्त्री, विदेश सचिवलाई साथमा लिएर नेपाल आएका तोब्गेले प्रधानमन्त्री कोइरालालाई १० लाख डलरको चेक हस्तान्तरण गरेका थिए । उनले भुटानी राजाको सन्देशसमेत समकक्षिलाई सुनाएका थिए ।
‘दुःखको घडीमा हामी सबै एक हुनुपर्छ । प्रकोप, विपत्ति र दुःखले सीमा चिन्दैन । हामी दुबै हिमाली देश, दुवैमा ठूला भूकम्प जाने सम्भावन हुन्छ । जता दुःख पर्दा पनि हाम्रो मन दुख्छ । नेपाली जनतालाई परेको यो दुःखद घडिमा हामी नेपाली जनताको साथमा छौं,’ तोब्गेको भनाई उद्धृत गर्दै भट्टराईले भने ।

0 comments :
Post a Comment