अमेरिकाको एक ठुलो टेलिफोन प्रदायक कम्पनि 'टी मोवाइल कम्पनी ' ले आइतबार विज्ञप्ती निकाल्दै आफ्ना ग्राहकहरुका लागि नेपालमा टेलिफोन तथा म्यासेज सेवा नि :शुल्क गरेको बताएको छ । भुकम्पमा परेको परिवारलाई सम्पर्कलाई सहज बनाउन हामीले यो सेवा प्रदान गरेको उक्त कम्पनिले बताएको छ। टी मोबाइल अन्तर्गत मेट्रो पिसीएन, गो स्मार्ट मोबाइल तथा वालमार्ट फेमिली मोबाइल प्रयोगकर्ताले नेपालमा नि :शुल्क टेलिफोन गर्न पाउने छन्।
यसैबीच नेपालमा रहेका आफन्त तथा परिवारलाई सम्पर्क गर्न सहयोग पुर्याउने उदेश्यले स्काइपले पनि फ्रि कलको ब्यवस्था गरेको छ। स्काइपका अनुसार संसारभरीवाट नेपालको ल्याण्लाइन तथा मोवाइल फोनमा स्काइपवाट नि :शुल्क टेलिफोन गर्न सकिने छ।यस आगाडी नै भाईबर कम्पनिले नि:शुल्क फोन र म्यासेज सेवा उपलब्ध गराएको थियो | नेपालका टेलिफोन कम्पनीहरुले भुकम्प आएदेखी नै देश र विदेशमा टेलिफोन सेवा नि :शुल्क गर्दै आईरहेका छन् |
0 comments :
Post a Comment