जाजरकोटको महामारी
वीरबहादुर गिरी, जाजरकोट
रामप्रसाद न्यौपाने, काठमाडौं
तीन सातादेखि जाजरकोटमा फैलिएको स्वाइनफ्लुुबाट अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । साढे चार हजारभन्दा धेरै बिरामी छन् । बिरामीमध्ये २५ प्रतिशतमा इन्फ्लुएन्जा लक्षण देखिएको छ ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रकोप नियन्त्रण भइरहेको दाबी गरे । पछिल्लो समय प्रकोपग्रस्त क्षेत्रमा नयाँ बिरामीको संख्या घट्दै गएको र अन्य स्थानमा फैलिन नदिन थप सतर्कता अपनाइएको उनले बताए । जाजरकोट प्रकोपबारे बुधबार संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले मन्त्री अधिकारीसित जानकारी लिएको छ ।
प्रकोप नियन्त्रणका लागि मुख्यसचिवको नेतृत्वमा स्वास्थ्य, गृह र रक्षा मन्त्रालयको सचिव सदस्य हुने समन्वय समिति बनाइएको मन्त्री अधिकारीले बताए । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी र औषधि प्रभावित क्षेत्रमा पुर्याउन सेनाको हेलिकोप्टर सञ्चालन गरिएको जानकारी उनले समितिलाई गराए ।
एमाओवादी सभासद् अग्नि सापकोटाले जाजरकोटको प्रकोप नियन्त्रणका लागि सरकार संवेदनशील नभएको आरोप लगाए । ‘जाजरकोटलाई विशेष महामारी क्षेत्र घोषणा गरी तत्काल विशेष स्वास्थ्य सेवा पुर्याउनुपर्छ,’ उनले भने ।
एमाओवादी सभासद् अग्नि सापकोटाले जाजरकोटको प्रकोप नियन्त्रणका लागि सरकार संवेदनशील नभएको आरोप लगाए । ‘जाजरकोटलाई विशेष महामारी क्षेत्र घोषणा गरी तत्काल विशेष स्वास्थ्य सेवा पुर्याउनुपर्छ,’ उनले भने ।
पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेका एमाले सभासद् डा. वंशीधर मिश्रले स्वाइनफ्लुबाट जोगिन लालसलाम गर्नुपर्ने बताए । ‘स्वाइनफ्लुको महामारी भन्छौँ, तर साथीभाइ भेट हुनासाथ हात मिलाउन अघि सर्छौँ । यसबाट पनि साथीमा संक्रमण रहेछ भने तत्काल सर्ने खतरा हुन्छ । त्यसैले दुई हात जोडी गरिने नमस्कार वा मुठी कसेर लालसलाम गर्न उपयुक्त हुन्छ,’ उनले ठट्यौली पारामा भने ।
सरकारी अस्पतालका थप १० टोली जाँदै, निजी अस्पताल पनि तयार
जाजरकोटको महामारी नियन्त्रणका लागि काठमाडौंका ६ सरकारी अस्पतालले १० वटा चिकित्सक टोली तयारी अवस्थामा राखेका छन् । रोगप्रभावित क्षेत्रमा खटिएका टोलीलाई प्रतिस्थापन गर्न ती टोली तयारी अवस्थामा राखिएका हुन् ।

स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले तीनवटा टोली, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतको शिक्षण अस्पतालले तीन टोली तयारी अवस्थामा राखेका छन् ।
त्यस्तै कान्ति बाल अस्तपाल, सिभिल अस्पताल, प्रसूतिगृह अस्पताल र भक्तपुर अस्पतालले पनि रोगप्रभावित जाजरकोटमा चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउन एक–एक टोली तयारी अवस्थामा राखेका छन् । निजी अस्पतालको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अपिन)ले पनि रोगप्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउन तयारी अवस्थामा रहेको जनाएको छ ।
अपिनका महासचिव गोपीकृष्ण न्यौपानेले सरकारको आदेश पर्खेर बसेको बताए । ‘हामी स्वास्थ्य मन्त्रालयसँग निरन्तर सम्पर्कमा छौँ । सरकारले भन्नेबित्तिकै चाहिनेजति टोली पठाउँछौँ,’ उनले भने ।
अपिन अध्यक्ष वसन्त चौधरीको अस्पताल नर्भिक इन्टरनेसनलले मंगलबार नै पाँच चिकित्सकको टोली जाजरकोट पठाइसकेको छ ।
महामारीको कारण पत्ता नलाग्दा नियन्त्रणमा ढिलाइ
एक महिनादेखि जाजरकोटमा फैलिएको रुघाखोकी र स्वाइनफ्लु फैलिनुको कारण पत्ता नलाग्दा नियन्त्रणमा ढिलाइ भएको प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मीले बताएका छन् । ‘महामारी के कारण फैलिएको हो, अहिलेसम्म पत्ता लगाउन सकिएको छैन, कारण नखोजी उपचार गर्दा महामारी थप जटिल बनेको हो,’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले भने ।

रोग संक्रमितको उपचार गर्न जाजरकोट आएका प्रा.डा. केसीले महामारीको कारण पत्ता लगाउन विशेषज्ञ टोलीले गहन अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
जिल्लामा प्रकोप नियन्त्रणको ढिलाइले महामारी फैलने क्रम रोकिएको छैन । सुरुमा चार गाविसमा देखापरेको रुघाखोकी प्रकोप अहिले महामारीको रूपमा जिल्लाका १४ गाविसमा फैलिएको छ । प्रकोप फैलिन नदिन जिल्लाका ११ स्थानमा शिविर सञ्चालन गरी बिरामीको उपचार भइरहेको छ । स्वाइनफ्लुका बिरामी भेटिए पनि सुरक्षित उपचार व्यवस्था गर्न सकिएको छैन ।
महामारी नियन्त्रणका लागि दुई दर्जन चिकित्सकसहित एक सय १६ स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिए ।
यसैबीच बुधबार अर्छानी गाविसका थप तीनजना गम्भीर बिरामीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला अस्पताल ल्याइएको छ । अर्छानीकी पवित्रा घर्ती, अर्छानीका नौमहिने बालक सजन परियार र १८ महिने बालक निर्वाचन परियारको उपचार हुन नसकेपछि सदरमुकाम ल्याइएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए ।
स्रोत: नयाँ पत्रिका दैनिक
0 comments :
Post a Comment