भारतीय तिर्थ यात्री सवार बस बुधबार बिहान धादिंगको नौबिसेमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको छ | २८ जना घाईते भएका छन् | मृत्यु हुनेमा ८ महिला र ९ पुरुष छन् | उनीहरु सबैजना भारतको गुजरात प्रान्त अन्तर्गतको सुरेन्द्रनगर जिल्ला धौगन्दागाउँ वरपरका बासिन्दा भएको बुझिएको छ | जी जे १४ एक्स ९९०० भारतीय नम्बर प्लेटको उक्त बस त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडक खण्ड अन्तर्गत झाप्रेखोला र सिस्नेखोला बिचको घुम्तीबाट २ सय मिटर तल खसेको थियो | "बस अचानक उडेजस्तो भयो | मानिसहरु डरले आबाज निकाले | पछि ठुलो आवाज आयो | मैले होश गुमाए | होशमा आउदा निकै तल झाडीमा थिए | बस टुक्रा टुक्रा थियो | हल्ला खल्ला थियो | प्रहरी र सेना देखेपछि बाच्छु जस्तो लग्यो |" अस्पतालको बेडबाट एक घाईतेले भने |
यसैबीच उक्त बस दुर्घटनामा मृत्यु भएका तथा घाइतको सनाखत भएको छ। मृत्यु हुनेमा गणेश शिव, जशु बेन, इश्वर श्यामजी, गणेश शंकर, कंचन बेन, दलपत बेन रहेका छन्। यसैगरी सवीता बेन, देवजी बेन, गौरी बेन, दया राम, गंगा राम, लीला बेन, नर्सी पोप्पत भाई, अल्पेस कोडी पटेल, चम्पा बेन र जशु बेन रहेको भारतीय दुतावासले जनाएको छ।
यसैगरी घाइते हुनेमा गौरी बेन, मनसुखा तड्सी भाई, सुखी बेन, सुरज बेन, चुन्नी भाई, लीला बेन रहेका छन्। यसैगरी नरोत्तम शिवा मंगी बेन, मेहरा मंजी, प्रगजी भगवान, रासो बेन, भीम भाई, गौरी बेन, मनसुखा परशोक्तम भाई, लाबु बेन रहेका छन्। यसैगरी सरिता बेन,धीरु भाई, मंजु बेन, हरि जीवन, सविता बेन, रन्चोन मेहरा, लीला बेन, गणेश भाई, धनी बेन, ललिता बेन, मुर्जी भाई, भिका भाई राजु भाई रहेको भारतीय दुतावासले जनाएको छ।
घाइतको राजधानीका विभिन्न सात अस्पतालमा उपचार भइरहेकोमा भारतीय दुतावासले सबै घाइतेलाई नर्भिक अस्पतालमा सारेको छ। भारतीय राजदूत रंजित रेले सबै घाइतेको उपचार दुतावासले व्यहोर्ने गरी सबै घाइतेलाई नर्भिक अस्पतालमा सारिएको जानकारी दिए।दुर्घटना उद्दारको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीका १ सय ५० जनाको टोली खटेको थियो।
0 comments :
Post a Comment