English Edition

अन्तर्राष्ट्रिय मिडियामा नेपालको भुकम्प

सगरमाथा क्षेत्रमा विशाल हिमपहिरो, कम्तिमा ८ को मृत्यु
भुकम्पपछि सगरमाथा आधार शिविरको हिम पहिरो। तस्विर स्रोत :  एलेक्स गाभान

नेपालमा महाभुकम्पबाट देशभर ठूलो धनजनको क्षति भएको र कैयन् मानिस घाइते भएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले प्रमुखका साथ प्रशारण गरिहेका छन्।सिएनएन, बिबिसी, स्काइ न्युज लगायतले नेपालको भुकम्प सम्बन्धि प्रमुख समाचार र फोटो प्रकाशन/प्रशारण गर्र्दै नेपाल ठूलो क्षतिबाट गुज्रिरहेको उल्लेख गरेका छन्।
सिएनएनले विश्वको सर्वोच्च शिखर सगरमाथामा समेत भुकम्पको ठूलो धक्कापछि विशाल हिमपहिरो गएको उल्लेख गरेको छ। आधार शिविरमा हिमपहिरोले कैयन् टेन्ट पुरेको छ। केहीको मृत्यु भएको खबर छ। ती सञ्चारमाध्यमले कम्तिमा ८ जनाको मृत्युभएको र अन्य कैयन् सम्पर्कबिहीन भएको प्रारम्भिक समाचारमा उल्लेख गरेका छन्।
बिबिसीले राजधानीका ऐतिहासिक महत्वका मठमन्दिर र भवनहरु क्षति भएको तस्विरलाई प्राथमिकताका साथ प्रशारण गरेको छ। सगरमाथा आधार शिविरमा भुकम्पका कारण पुमोरी क्षेत्रबाट ठूलो हिम पहिरो खसेको तस्विर सिएनएनले प्रशारण गरेको छ।अहिले सगरमाथा आधार शिविरमा रहेका आरोही एवं फोटोग्राफर एलेक्स गाभानले ट्वीटरमा उल्लेख गरेअनुसार, पुमोरी हिमालमा हिम पहिरोले धेरैको भागाभाग भएको छ।
भुकम्पपछि खसेको हिम पहिरोबाट बाँच्नका लागि टेन्ट छोडेर भाग्दै गरेको उनले लेखेका छन्। उनकाअनुसार सगरमाथा आरोहणका क्रममा यतिबेला त्यस क्षेत्रमा कैयन् मानिस छन्। उनी ६ हजार मिटर उचाईको लोबुचे पुग्ने क्रममा थिए। नेपाल भ्रमण रहेका अन्य अमेरिकी नागरिकहरुले पनि महाभुकम्पपछि त्रास बढेको भन्दै सामाजिक सञ्जालहरु सेयर गरेका छन्।
सगरमाथा आरोहणमा गएका अर्का आरोही डानियल माजुरले हिम पहिरोमा परी कैयन् टेन्टहरुमा क्षति पुर्‍याएको उल्लेख गरेका छन्।नेपाल पवर्तरोहण संघका अनुसार यतिबेला सगरमाथा आरोहणमा करिब ७ सय जना रहेका छन्। तीमध्ये ३ सय जना आधार शिविरमा रहेका थिए।
विभिन्न स्रोत उद्धृत गर्दै सिएनएन र बिबिसीले अहिलेसम्म नेपालका विभिन्न ठाउँमा सयौंको मृत्युभएको जनाएको छ। सिएनएनकाअनुसार, राजधानी काठमाडौ, भक्ततपुर र ललितपुरका ऐतिहासिक/पुरातात्विक भवनहरुमा सबैभन्दा बढी क्षति पुगेको छ। घाइतेको उद्धारसँगै अस्पतालहरुमा उपचारका लागि ठाउँ अभाव हुँदा खुला ठाउँमा राखेर उपचार भइरहेको तस्विर बिबिसीमा छ।
अमेरिकी भौगोर्विक मापन केन्द्रले नेपालमा भुकम्पको पहिलो धक्का ७.९ रेक्टर स्केल मापन गरेको जनाएको छ। त्यसपछि पटक–पटक ५ रेक्टरभन्दा माथिका भुकम्प मापन गरेको छ।
बिबिसीले नेपालको भुकम्प सम्बन्धी समाचारलाई प्राथमिकता साथ प्रशारण गर्दै अहिलेसम्म ५ सय ६५ जनाको मृत्यु भएको उल्लेख गरेको छ। सुन्धारास्थित क्षतिग्रस्त धराहराको मुख्य तस्विरसहित बिबिसीले आफ्नो समाचारमा नेपालले यस भुकम्पबाट आपुरणिय क्षति ब्यहोरेको जनाएको छ।
Setopati
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment