(अाउदै गरेकाे अाफ्नाे फिल्म ‘वडा नं ६’ र समसामयीक बिषयमा रहेर हाम्रा साथी सुकृत नेपालले द नेपाल टुडे काे लागी दिपकराज गिरी संग गर्नुभएकाे िबषेष अन्तरवार्ता)
के गर्दै हुनुहुन्छ आजकल ?अहिले आफनो फिल्म ‘वडा नं ६’ को सुटिङ सकेर बसेको छु । स्टेज कार्यक्रम, देश बिदेशका कार्यक्रमहरुमा जाने आउने काम भइरहेको छ । त्यही नै हो ।
तपाईले तितोसत्य छाड्नु भएको हो र ?
होइन, म तितोसत्य मा नै छु । खाली अहिले त्यसमा नदेखिएको मात्र हो । कति देखिनु हो टिभीमा पनि भनेर हो । म फिल्ममा पनि त अलि व्यस्थ भए नी, त्यसैले पनि नदेखिएको हो । अब चाडै नै फेरी आउँछु ।
फिल्म किन नयाँ वर्षमा रिलिज नगरेर असोजमा पुर्याउनु भएको नी ?
म अरु नेपाली फिल्म सँग जुध्न चाहन्न । म कसैमाथी हावी हुन पनि चाहन्न । मलाई हलवालाहरुले पनि फिल्म रिलिज गर्नु हामी चलाउँछौ भन्नु भएको थियो तर एकै दिन चार पाच वटा फिल्म रिलिज गरेर कसलाई फाइदा हुन्छ । आखिर घाटा त हाम्रै नेपाली दाजुभाईलाइ त हो नी ।
कति वर्ष भयो कलाकारिता मा लागेको ?
म २०४९ साल देखि यस क्षेत्रमा लागेको हुँ ।
फिल्म बनाउँदा ‘६’ लाई नै किन रोज्नु हुन्छ ?
‘६’ मेरो लागि एकदमै लक्कि नम्वर भएकोले । जे गर्दा नी ६ ले मलाई एकदमै साथ दिएको छ ।
दिपा श्री निरौला र तपाई बीच त प्रेम सम्बन्ध छ भन्ने हल्ला छ नी ?
प्रेम भएन भने त यो सँसार नै चल्दैन नी । फेरी हाम्रो देश हल्लै हल्लाको देश हो कसको कुरा सहि कसको गलत पत्याउनै गाह्रो । दिपा जी म एकदमै राम्रो साथी हो । हामी बिच साथीत्वको प्रेम चाही छ है ।
रियल लाइफ मा दिपा जी र तपाई श्रीमान–श्रीमती हुनुहुन्थ्यो भने के हुन्थ्यो ?
केही हुदैन थियो । हाम्रो जोडी अझ प्रफेक्ट हुन्थ्यो । हामी अझ धेरै घनिष्ठ हुन्थ्यौ । हाम्रो लाइफ यसरी नै चलिरहन्थ्यो ।
तपाई र दिपा जी को भेट कसरी भयो ?
मैले दिपाजी लाई रेडियो नेपालमा कार्यक्रम गर्दा भेटेको हो । त्यहाँ बाट हाम्रो चिनजान भएको हो ।
‘वडा नं छ’ कस्तो खाले फिल्म हो त ?
‘वडा नं ६’ एउटा नेपालीपन बोकेको फिल्म हो । ‘छ एकन छ’ मा दर्शकले फिल्मको मज्जा मात्र लिनु पाउनु भएको थियो तर यसमा मज्जा त छदै छ साथै फिल्मले राम्रो कथा समेत बोकेको छ । यस फिल्ममा ‘६ एकान ६’ को एउटा पनि अंश भेट्नु हुन्न दर्शकहरुले । ‘६ एकान ६’ भन्दा एकदमै भिन्न बनेको छ ‘वडा नं ६’ ।
अन्त्यमा दर्शकलाई केही भन्नु छ कि ?
दर्शकले नसोचेको माया गर्नुभएको छ । यसरी नै दर्शकहरुबाट माया पाइरहुँ । म बाट केही कमी कमजोरी भए औल्याई दिनुहोस यही नै हो ।
प्रस्तुति ः सुकृत
0 comments :
Post a Comment