English Edition

मानवियता हराएको शहर

देवी सापकोटा
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलवार बन्दको घोषणा गर्याे । आन्दोलनकारीले विहानै देखि तोडफोड र आगजनी गरे । बन्दले जनजीवन प्रभावित भएको थियो नै झनै बढी मारमा थिए यातायातका साधन । सार्वजनिक र निजी गरि दर्जनौ सवारी साधनमाथी तोडफोड भयो । सवारी तोडफोड हुदाँ कति आफ्नो सवारीको दुरदशा देखेर रोइकराई गरिरहेको थिए भने दलका कार्यकर्ता चारो भेटे झै झम्टीन लाग्दै थिए । 
एउटा मजदुरको गरिखाने साधनमा अर्को मजदुरले चालकलाई जिउदै जलाउने प्रयास ग¥यो यो कस्तो बन्द हो ? शान्तिपूर्ण बन्द भन्दै सिधै जनता माथी जाइलाग्नुको कारण के हो ? अरुको रिस जनताका सवारी साधन तो
डफोड गरेर रिस फेरेको हो या के हो ?
मजदुरहरुको हक हितका ठूला ठूला कुरा गर्ने पार्टीका कार्यकर्ताले त्यहि मजदुरलाई जीउदै जलाउन तत्पर बन्यो । ललितपुरको बालकुमारीमा बा.१ ज १८७७ नम्बरको टयाक्सी चालक निरज बानियाँको जिउको केहि भाग आगोले पोलिएको छ । आफ्नो कमाइखाने साधन माथी आगो लागेको टुलुटुलु हेर्नु शिवाय उनले केहि गर्ने नसकी रहेको अवस्था थियो ।  जलिरहेको टयाक्सीबाट निस्किएर उनले आफ्नो ज्यान त बचाए तर कमाइ खाने साधन टयाक्सी उनकै आखा अगाडी जलेर खरानी भयो । एउटा मजदुरको कमाइ खाने भाडो जलिरहँदा उनै मजदुरका नेता भनाउँदाहरु बन्दको असर खुबै प¥यो भन्दै जोड घटाउ गरिरहेछन । यी आगजनी र आक्रमणका घटना देख्दा लाग्छ यिनीहरुको युद्धको धङधगंी अझै बोकेर हिडिरहेछन् । सत्ताको स्वाद लिएर जिब्रो पडकाएकाहरु सत्ताबाट बाहिर रहनु पर्दाको पिडा र आक्रोश आम सर्बसाधारणमा पोखिरहेछन । नारामा गरिखाने मजदुरको पार्टी भन्ने तर गरिखानेलाई नै आक्रमण गर्ने जिउदै जलाउने यो कस्तो बुझीनसक्नु राजनीति हो ?


विगतको द्धन्द्धको घाउका अवषेश अझै पनि बाकी छन् । मूलधारका नेता यसबारे बेखवर बनेको आम नागरिकमा गुनासो छ । परिर्वतन गर्ने राजनीतिक छलाङ मार्ने भनेको यहि हो ? जनताको मतको कदर नगर्ने जनताले दिएको म्यान्डेट पुरा नगर्ने अनि हामीले मानेका थियौ अन्य शक्तिले गर्ने दिएन्न भन्न मिल्छ ? सधै अरु माथी दोष थोपरेर जिम्मेवारीबाट उम्कीन खोज्ने परिपाटीले के देशको विकास हुन्छ ? हुन त संविधान सभाको दोस्रो निर्वाचनबाटै जनताले उनीहरुको बास्तविक धरातल देखाइ सकेका छन् । तैपनि माओवादीले किन जनताको मनमा बस्ने काम किन गर्ने खोजिरहेको छैन । हिंसाबाट शक्ति प्राप्त हुन्छ भन्ने सोच अझै सम्म रहिरहनु सुखद पक्ष होइन । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment