English Edition

सहमतिका लागि उपयुक्त मौका : नेम्वाङ

subash nembangकाठमाडौं, चैत्र २५ - संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि उपयुक्त समय आएको उल्लेख गर्दै त्यसको सही सदुपयोग गर्न दलहरूलाई आग्रह गरेका छन् । बुधबार प्रमुख दलका सचेतकहरूको बैठक राखी नेम्वाङले चैत मसान्तसम्म संविधानका विवादित अन्तर्वस्तुमा सहमतिमा पुग्न झकझक्याएका हुन् । 

'आमहडताल फिर्ता लिने प्रतिपक्षी मोर्चाको निर्णय र सहमतिका लागि सबै दलहरूले जनाएको प्रतिबद्धताले राम्रो वातावरण सिर्जना गरेको छ,' प्रमुख सचेतकहरूसँगको छलफलपछि नेम्वाङले भने । सत्तापक्षलाई सार्थक वार्ताको अपिल गर्न र प्रतिपक्षलाई चैत २७ गते तय गर्ने भनेको थप आन्दोलनका कार्यक्रम घोषणा नगर्न पनि उनले विशेष आग्रह गरेका छन् । 'सहमतिका लागि आएको यो अवसर गुम्न दिनु हुँदैन,' नेम्वाङले भने ।


दलहरूबीच संविधानका अन्तर्वस्तुमा सहमति जुट्ने विश्वासमा चैत ३० का लागि डाकिएको संविधानसभा बैठकको कार्यसूचीसमेत तय नगरेको नेम्वाङको भनाइ थियो । बैठकपछि एमाओवादी संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने, 'विवादित सबै विषयलाई प्याकेजमा समाधान गर्नुपर्छ । हामीले प्रमुख दलका शीर्ष नेताहरूको बैठक राख्न सुझाव दिएका छौं ।' सभाध्यक्ष नेम्वाङले कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलका शीर्ष नेताहरूसँगको अनौपचारिक परामर्शपछि मात्रै औपचारिक बैठक राख्ने तयारी गरेका छन् । 


इ-कान्तिपुरबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment