
काठमाण्डौ चैत्र २५ । ईडियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आजबाट खेले सुरु हुँदैछ । आइपिएलको आठौं संस्करणको औपचारीक उद्घाटन हिजो बेलुका नै भएको भएपनि खेल भने आजबाट सुरु हुन लागेको हो । यो संस्करणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र मुम्बइ इंडियन्स खेल्ने छन् । कोलकाताको इडेन गार्डेनमा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेपछि सुरु हुनेछ । कोलकाता नाइट राइडर्सलाई उपाधि रक्षाको दबाबका साथ मैदान उत्रने छ भने मुम्बइ इंडियन्स पनि जित निकाल्दै गतिलो सुरुवात गर्न चाहन्छ । कोल्ऽकाताको कप्तानी गौतम गाम्भिरले गर्ने छन भने मुम्बइ इंडियन्सको नेतृत्व रोहित शर्माले सम्हालेका छन ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment