English Edition

मोडल टु वाच

 
रमिता भण्डारी
हेटौडा कि रमिता भण्डारी एउटा प्रतिभाशाली मोडलको रुपमा चिनिन्छिन् । गीत सँगीत मा रुची राख्ने रमिताले १५ वर्षको उमेरमा नै ‘टिनएज गर्ल’ नामक एल्वम निकालेकी थिइन । सन् २००२ मा मिस नेपालमा सहभागी हुनु अगावै उनले ‘मिस हेटौडा’ को उपाधि पनि जितिसकेकी थिइन । मिस नेपालमा सहभागी जनाएर त्यहाँ बाट पाएको उपल्वधिले मोडलिङ तथा व्यक्तित्व बिकासमा ठुलो सहयोग भएको रमिता बताउछिन् । रमिताले दर्जनौ फेशन शोमा क्याटवाक, र दर्जन भन्दा बढि बिज्ञापनमा मोडलिङ गरिसकेकी छिन् ।
५ फिट ७ इन्च की रमिता अब भने आफनो क्यारियरलाई एउटै कुरामा लगाउने सोचमा छिन् । अब म सांगेतीक कुराहरुमा मात्र सक्रिय हुन्छु होला ।
आफनो दोस्रो एल्वम ‘प्ले इट’ को तयारीमा रहेकी रमिताले यसमा पप, र्याप र आर एण्ड वी जस्ता शैलीका गीतहरु  एल्वममा गाएको बताइन् । पहिलो एल्वम भन्दा यो एल्वम अलि फरक नै रहेको उनको भनाई थियो ।
रमिता वान पीस पहिरन की पारखी हुन । नेपाल टेलिभिजन बाट प्रशारण हुने ‘देश–परदेश’ नामक कार्यक्रममा भिडियो जक्कीको रुपमा समेत काम गरिसकेकी रमिता फुर्सदमा संगीत रियाज गर्न रुचाउँछिन् ।
तस्वीर ः कमल श्रेष्ठ

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment